गोल्डेन न्यूज संवाददाता
पोखराका युवा पर्यटन व्यवसायीहरुले भूकम्प पीडितहरुका लागि जस्ता पाता वितरण गरेका छन् । उनीहरुले धादिङ्गको ज्यामरुङ्ग गाविसको वडा नं दुईको विष्ट गाउँका ३३ धर परिवारलाई राहत स्वरुप जस्तापाता वितरण गरेका हुन् । जनही दुई वण्डलका दरले त्यहाँका अति विपन्न र पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई जस्ता वितरण गरेका हुन् । जस्ता खरिदका लागि पोखराका पर्यटन व्यवसायी सविन पौडेलले पोखरामा धुम्नका लागि आएका पर्यटकहरु सँग आर्थिक संकलनका लागि संयोजनकारी भूमिका निवाह गरेका थिए । लेकसाईडको दि क्यासल रिर्सोटका म्यानेजर समेत रहेका पौडेलले पोखरामा आएका विदेशी पर्यटकहरु सँग अनुरोध गर्दे आर्थिक रकम संकलन गरी विपन्नलाई जस्ता वितरण गर्दा खुसी लागेको धारणा राखे । उनले भने–“हामीले हाम्रा होटलहरुमा वसेका गेष्टहरुसँग जस्ताका लागि अनुरोध गरेर आर्थिक संकलन गरेका हौं ।” यस्तै पीडितलाई राहत लैजान उपयूक्त स्थानको छनौटका लागि एक हप्ता पहिल्यै स्थलगत भ्रमण गरी दलित र विपन्न समुदाय छनौट गरेको पर्यटन व्यवसायी तथा जस्तापाता वितरणका व्यवस्थापक गोविन्द गौतमले जानकारी दिए ।
Post a Comment