0
महाभुकम्पबाट क्षतिग्रस्त घरहरुको पुनर्निर्माणका लागि नेकपा (एमाले) द्वारा संचालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियान अन्तर्गत कास्कीको भलाममा अस्थाई घर टहरा निर्माण गरिएको छ । नेकपा (एमाले) क्षेत्रीय कमिटी कास्की क्षेत्र नं. २ को आयोजना । पोखरा २२ भलाम वडा कमिटीको व्यवस्थापनमा ६ वटा जोखिमयुक्त घरहरु भत्काएर अस्यायी घरहरु निर्माण गरिएको हो । नेकपा  (एमाले) पोलिटव्यूरो वैकल्पिक सदस्य एवं सभासद तुलबहादुर गुरुङ्ग, केन्द्रिय कमिटी सदस्य एवं सभासद चुणामणी जंगली, नेकपा (एमाले) कास्की अध्यक्ष कृष्ण थापा, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य श्रीनाथ बराल, नेत्री गजकुमारी गुरुङ्ग, जिल्ला सचिवालय सदस्य शोभामोहन पौडेल, सदस्य दान बहादुर बाँनिया, मनबुजा विश्वकर्मा लगायत ८० जना नेता कार्यकर्ताको समूहले स्वयंसेवी भूमिका निर्वाह गरी घरहरु निर्माण सम्पन्न गरेको हो । कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरुमा तत्काल सहज वसोवासको व्यवस्था हुने गरी स्वयंसेवक परिचालन गर्ने योजना निर्माण गर्दै एमालेले भलाममा गणेश वि.क., राम बहादुर वि.क., मिन बहादुर वि.क., पूर्ण वहादुर वि.क., सूर्यप्रसाद अधिकारी, हरी बहादुर खत्रीको अस्थाई टहरा निर्माण गरेको हो ।

Post a Comment

 
Top