0
गोल्डेन न्यूज संवाददाता
एसओएस पापाको सहयोगमा संचालित कार्यक्रम प्रोजेक्ट सेभ वान हन्डे«डले पोखरा वृद्धाश्रममा ट्वाइलेट र बाथरुमका लागि १५ वटा फ्रेम सहितको आल्मुनियम ढोका प्रदान गरेको छ । मरिसस र फ्रान्सका नागरिक जमिल पिराली, सकिल पिराली र सलिम पिराली सहितको टोलीले १ लाख मुल्य बराबरको सो ढोकाहरु वृद्धाश्रमका अध्यक्ष लगायत आश्रित ज्येष्ठ नागरिकहरुलाई प्रदान गरेका हुन् । प्रोजेक्ट सेभ वान हन्डे«डका प्रमुख जमिल पिरालीले ज्येष्ठ नागरिकहरु लाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । साथै आगामि दिनमा समेत सहयोग गर्ने उनको भनाई थियो । सिइङ ह्याण्ड्स ब्लाइन्ड मसाज क्लिनिकका कुलबहादुर आचार्य तथा किसन बहादुर आचार्यको संयोजनमा सो सामग्रीहरु हस्तान्तरण गरिएको थियो । नेपालमा भूकम्प प्रभाविट १ सय घरपरिवारका लागि खाना, बस्ने, शिक्षा तथा स्वास्थ्योपचार लगायतका सम्पूर्ण सुविधा प्रदान गर्नका लागि प्रोजेक्ट सेभ वान् हन्ड्रेड शुरु गरिएको टोलीका प्रमुख जमिल पिरालीले जानकारी दिनुभयो । यसअघि शुक्रबार नै पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा औषधि समेत निःशुल्क रुपमा उपलब्ध गराइएको थियो । स्वास्थ्य जाँच तथा निर्माण कार्यमा सहयोग गरेकामा प्रोजेक्ट सेभ वान् हन्डे«डलाई वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले धन्यवाद ज्ञापन गरे ।

Post a Comment

 
Top