गोल्डेन न्यूज संवाददाता
नेपालमा बाल अधिकार, महिला अधिकार र अन्य समुदायको अधिकार माग गरि रहेको अवस्थामा अब ज्येष्ठ नागरिकहरुले समेत अधिकार स्थापनाका लागि जुट्न थालेका छन् । असहाय, बेबारिसे ज्येष्ठ नागरिकहरुका लागि संचालन हुंदै आएका बृद्घाश्रम जस्तै अब पोखरामा पैसावालाहरुको लागि सुबिधा युक्त आश्रय स्थल खोल्ने योजना रहेको जानकारी दिईएको छ । स्थानीय कास्की जिल्ला परिवार नियोजन संघको सभाकक्षमा उक्त बिषयको जानकारी ज्येष्ठ नागरिक कल्याण समितिका अध्यक्ष डा.अमृत घिमिरेले जानकारी दिएका हुन् ।स्थानीय वडास्तरीय ज्येष्ठ नागरिकहरुको वडा भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा परिवार नियोजन संघ कास्कीका अध्यक्ष अर्जुन सिग्देलले अबका सेवा प्रदायक यस्ता संस्थाहरुले संख्यात्मक बृद्घी भन्दा गुणस्तरीय सेवा दिने गरी ज्येष्ठ नागरिकहरु लाई ब्यवसायिक आश्रम संचालन गर्नु पर्ने भन्दै रकम कति लिने भन्ने कुरा गुस्तरीय सेवाले निर्धारण गर्ने उनले बताए । पोखरा उपमहानगर पालिका वडा नम्बर ११, १२, १३ का ज्येष्ठ नागरिकहरु को अन्तरक्रिया कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष तथा ज्येष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष दुर्गा तिमिल्सिनाले राज्यले अझै पनि ज्येष्ठ नागरिकहरुलाई सम्मान पुग्ने नीति कार्यक्रम ल्याउन नसकेको बताएका थिए । ज्येष्ठ नागरिक कल्याण समितिका उपाध्यक्ष राम बहादुर के.सी.ले आफ्नो संस्थाले गर्न लागेको कार्यक्रम र मापदण्डका बारे प्रकाश पारेका थिए । ज्येष्ठ नागरिकहरुका हक हित र उपयोगि हुने खालका सबै दायित्व सरकारले ब्यहोर्नु पर्ने राय सरोकार समाजका उपाध्यक्ष रामनाथ ओझाले ब्यक्त गरेका थिए भने पूर्व कर्मचारी परिषदका उपाध्यक्ष केशव ढकालले आफूंहरु पोखरा बृद्घाश्रमको आजिवन सदस्य रहेको र सोही बमोजिम असहाय बेबारिसे ज्येष्ठ नागरिकहरुलाई आवासीय सेवा प्रदान गर्न सहयोग गर्दै आएको बताए । कार्यक्रममा हालै मात्र नेपाल सरकारले वरिष्ठ पत्रकारको पदवीबाट विभूषित गरिएका पत्रकार कुसुमकेशव पराजुली, निवृत्त भएका कास्की मालपोत कार्यालयका अधिकृत ऋषिराम लामिछाने लगायतका बक्ताहरुले आ–आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए ।
Post a Comment