0
गोल्डेन न्यूज संवाददाता
बगालेटोल सामुदायिक विकास केन्द्र, बगालेटोल पोखरा–८ को आयोजनामा भूकम्प पीडित सहयोगार्थ संस्थाका सल्लाहकार तथा चित्रकार कृष्ण मर्सानीको पहिलो एकल व्यक्ति चित्रकला प्रदर्शनी शनिबार एक कार्यक्रमका विच वरिष्ठ चित्रकार प्रमुख अतिथि श्री यादवचन्द्र भुर्तेलले रिवन काटेर उद्घाटन गरेका थिए । उक्त अवसरमा कलाकार भुर्तेलले कलाकार राष्ट्रको अमूल्य सम्पत्ति हुनुका साथै भौतिक रुपमा नभए पनि सबैको मन मस्तिष्कमा जीवित रहने उदाहरण दिंदै कलाकार कृष्ण मर्सानी एक उद्यमान कलाकार भएकोमा खुशी व्यक्त गरे । कार्यक्रमका सभाध्यक्ष संस्थाका अध्यक्ष निरा श्रेष्ठले केन्द्रले गरेका क्रियाकलापहरुको जानकारी दिंदै प्रदर्शनीबाट भूकम्प पीडितहरुको मल्हम पट्टि लगाउन केहि सहयोग पुग्ने कुरा बताए । प्रदर्शनीमा पोखराका विभिन्न व्यक्तिहरुका ७९ वटा चित्रहरु राखिएको थियो । शिशु विकास केन्द्र बगालेटोल, पोखरा–८ को सभाकक्षमा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक संस्थाका कोषाध्यक्ष मनरुपा श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने संस्थाका सचिव विमला पिया श्रेष्ठले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top