0
गोल्डेन न्यूज संवाददाता
विश्व संगीत दिवस २०७२ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले आइतबार श्रष्टा सम्मान एवं प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । प्राज्ञ हरिदेवी कोइरालाको प्रमुख आतित्थमा प्रतिस्ठान केन्द्रीय संस्थापक कोषाध्यक्ष, पुरानी लोक दोहोरी गायिका एवं रेडियो नेपालका कार्यक्रम सन्चालिका शान्ती गुरुङलाई सम्मान गरेको हो । कार्यक्रममा सहारा एकेडेमीमा रहेका बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । लोक गीतको संरक्षण गर्नेमा राष्ट्रभर नै कलाकारहरुले राम्रो काम गरेको कार्यक्रम उदघाटन गर्दै कोइरालाले भनिन–‘फ्रान्सबाट सुरु भएको विश्व संगीत दिवस नेपालमा पनि मनाइदै्र आएको हुँदा गण्डकी अञ्चलको कार्य उत्कृष्ट रहेको छ ।’ कोइरालाले आफ्नो बालपुस्तिका ‘कसका जन्ती आए’ सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेकी थिइन । आफ्नो हैसियतले भ्याए सम्म लोक दोहोरी संस्थालाई सहयोग गर्ने सम्मान ग्रहण गर्दै गुरुङले भनिन,–‘यो सम्मान अविष्मरणिय पल हुनेछ ।’ ‘संगीत चिन्ने मान्छे पक्कैपनि एक्लै हुँदैन त्यसैले संगीतमा जिऔं र संगीतमै रमाउ’–उनले भनिन । कार्यक्रममा बोल्दै दोहोरी संरक्षक प्रजापति पराजुलीले बर्षभरिको सबभन्दा लामो दिन विताउन गाह्रो हुँदा संगीतको साधन प्रयोग गरी गीत गाएर अपनाइने रहेको बताए । साथै गण्डकी अन्चलले गरेको कार्यलाई सम्मान प्रकट गरे । प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलले थकाई नमानी विभिन्न कार्यक्रम गर्दै आएकोमा आफू खुशी भएको बताए । कार्यक्रममा प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुङ्गाना, ओम फाउण्डेशन नेपालका सल्लाहकार तीर्थराज अधिकारी, प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तारापति सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहारा एकेडेमीका बालबच्चालाई विभिन्न विधामा प्रतियोगिता गरी पुरुस्कार प्रदान गरिएको थियो भने प्रतियोगितामा भाग नलिनेलाई पनि शैक्षिक सामाग्री हस्तान्तरण गरियो । कार्यक्रममा उत्कृष्ट प्रतिभाको कदर गर्दै केन्द्रिय सदस्य चोलेन्द्र पौडेलले कमल सुमै मगरलाई रु ५ हजार प्रदान गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गण्डकी अन्चलका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङले राखेका थिए भने संचालन महासचिव घनश्याम रिजालले गरेका थिए ।

Post a Comment

 
Top