गोल्डेन न्यूज संवाददाता
लेखनाथ–१५ मालेपाटनको गुठको चौरमा अवस्थित आशुतोष शिव मन्दिरमा आइतबारबाट पुरुषोत्तम मास माहात्म्यको शुभारम्भ भएकोे छ । आशुतोष शिव मन्दिर संरक्षण समितिको आयोजनामा शुरु भएको महात्म्यमा बैशाख १२ को विनाशकारी भूकम्प र त्यस पछिका पराकम्पनका कारण उत्पन्न भएको शोखलाई शान्तिमा बदल्ने उद्देश्यका साथै असार महिनामा पर्ने आएको मलामास र अधिकमासको अवसर पारेर पुरुषोत्तम मास माहात्म्यको शुभारम्भ गरिएको हो । कार्यक्रमका सहयागी संस्थामा रुपमा मालेपाटनमा रहेको थ्रि ब्रर्दश पोल्टी फर्म, जनताको चौतारामा रहेको देव हार्डवयर, दुग्ध उत्पादन संस्था, जागृति युवा क्लब र प्रगतिशिल आमा समूह रहेका छन । बिहान ८ बजे कलश यात्राबाट शुरु भएको कार्यक्रमको १० बजे औपचारिक उद्घाटन गरिएको थियो भने आइतबारबाट शुरु भएको माहात्म्य १० गतेसम्म हरेक दिन बिहान ६.३० बजेबाट बेलुका ९.३० बजेसम्म चल्ने आयोजक समितिका अध्ययक्ष लिलामणि खनालले गोल्डेन न्यूज दैनिकलाई बताए । कार्यक्रमका उल्लेख्य रुपमा भक्तजन उपस्थित रहेको आयोजकले जनाएको छ । पुरुषोत्तम मास माहात्म्यमा पण्डित गोपीराज वाग्लेले कथा वाचन गरेका थिए । लिलामणि खनालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अथिति थ्रि ब्रर्दश पोल्टी फर्मका प्रबन्धक हरिशंकर श्रेष्ठ, नेपाली कांग्रेस लेखनाथ नगर सभापती राजेन्द्रमणि लामिछाने, नेकपा एमाले लेखनाथ नगर कमिटी अध्ययक्ष मोहन गुरुङ्ग, लेखनाथ–१५ का कांग्रेस वडा सभापति दोलराज पण्डित, दुग्ध उत्पादन समूहका अध्ययक्ष नारायण पाण्डे, जागृती युवा क्लबका अध्ययक्ष महेश्वर पौडेल र प्रगतिशिल आमा समूहकी अध्यक्ष अम्बिका बसौला लगायतले बोलेका थिए । पुरुषोत्तम मास माहात्म्य आर्थिक संकलनको उद्देश्यले नगरीएको र केहि दाताले आप्mनो इच्छाले दिएको रकम आशुतोष शिव मन्दिरको संरक्षण र संबद्र्धनमा खर्च गरिने प्रचार विभाग प्रमुख डालाराम बसौलाले जानकारी दिए ।
Post a Comment