गोल्डेन न्यूज संवाददाता
जुन २१ तारिख अर्थात विश्व संगित दिवस । यस अवसरमा विश्वभरि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइरहदा नेपालका विभिन्न ठाँउमा समेत विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसै विच पोखरामा पनि यो दिवसमा विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी संगीत दिवस मनाएका छन् । नेपाल संगीत नाट्य एकेडेमीको आग्रहमा हिमाली सांस्कृतिक परिवारले आईतबार पोखरा उद्योग वाणिज्य संघमा विशेष सांगीतिक कार्यक्रम तथा भूकम्प सम्बन्धि नाटक प्रर्दशनी गरीे संगीत दिवस मनाएको हो । नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तले दीप प्रज्ज्वलन गरी शुभारम्भ भएको कार्यक्रममा सांगीतिक कार्यक्रमको शुभारम्भ भने विश्वकै कान्छा ड्रमर वालप्रतिभा उत्प्रेम जोजिजूले रातो र चन्द्र सूर्य जंगी निसाना हाम्रो वोलको गीतमा ड्रम सेट बजाएका थिए । जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुलका निर्देशक गायक विनित जोजिजूले भने उक्त गीत प्रस्तुत गर्दा कार्यक्रममा सहभागीहरु वालप्रतिभा उत्प्रेमको प्रतिभा देखेर दंग थिए । गण्डकी तथा धौलागिरी क्षेत्र अन्तर्गत केहि जिल्लाहरुमा विश्व संगीत दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हिमाली सांस्कृति परिवारका अध्यक्ष तथा गण्डकी र धौलागिरी सांगीतिक कार्यक्रमका संयोजक मेनकाजी गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताए । भूकम्प सम्बन्धी सचेतनामूलक गीत तथा संगीत प्रस्तुत गरिएको उनले बताए । कार्यक्रममा प्राज्ञ लोकदोहोरी गायिका हरीदेवि कोइराला, गायक पद्मराज ढकाल, रामभक्त जोजिजू, सागर साह लगायतले आफ्नो प्रस्तुति राखेका थिए । पोखराका १४ वटा वाङ्मय प्रतिष्ठानका संघ संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना भएको बताईन्छ । भूकम्पको त्रासले त्रसित भएका मनहरुलाई सांगीतीक कार्यक्रमले केहि हदसम्म कम गर्न थप मद्धत पुग्ने सस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए ।
Post a Comment