पोखरा उपमहानगरपालिका हेमजा वडा नं २७ मा आयोजना गरिएको नेतृत्व विकास तथा उद्घोषण कला सम्वन्धी तीन दिने तालिम सोमवार सम्पन्न भएको छ । महिला समन्वय समिति पोखरा उपमहानगरपालिका वडा नं २७ को आयोजनामा सम्पन्न तालिममा वडा भित्रका आमा समूह तथा महिला अधिकारका लागि स्थापित संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु गरी ४० जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रमका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरिन् । उनले समाज विकासमा आमा समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अव सशक्तिकरण र नेतृत्व विकासका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् । तेश्रो दिनको प्रमुख प्रशिक्षक समेत रहेकि पौडेलले नेतृत्व विकास, उद्घोषण कला र भूकम्पको डर त्रास कसरी हटाउने भन्ने बारे समेत जानकारी गराएकी थिइन् । त्यस्तै आदर्श नारी समूहकी अध्यक्ष सरस्वती अधिकारीले महिलाहरु आफ्नो क्षमता अभिवृद्धिका लागि आफै लाग्नुपर्नेमा जोड दिइन् । उनले क्यान्सर रोग र महिलालाई लाग्नेपाठेघरको क्यासर तथा स्तन क्यासर रोग सम्वन्धी समेत सचेतना मुलाक जानकारी प्रस्तुत गरेकी थिइन् । तालिममा वोल्दै अध्यक्ष विष्णु वाँस्तोलाले महिला सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको बताउँदै तालिममा सहभागि हुने र प्रशिक्ष दिने सवैलाई धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनमा महिला शसक्तिकरणका लागि अन्य कार्यक्रमहरु समेत आयोजना गर्ने प्रतिवद्धता जनाएकि थिइन् । तालिममा पोखरा उपमहानगर पालिकाका ओमराज पौडेल, दुर्गा न्यौपाने, वडा सचिव इश्वरी प्रसाद वास्तोला, समाजसेवी भिमप्रसाद श्रेष्ठले शनिवार र आइतवार तालिमको सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुले तालिम उपयोगी भएको बताउँदै तालिम अवधि छोटो भएको गुनासो गरेका थिए । कार्यक्रममा स्वागत मंतव्य वुद्धदेवी कँुवरले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन रमा त्रिपाठीले गरेकी थिइन् ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» हेमजाका महिलाहरूलाई नेतृत्व विकास र उद्घोषण तालिम
Subscribe to:
Post Comments (Atom)
Post a Comment