0
गोल्डेन न्यूज संवाददाता
प्रतिभा टोल विकास संस्था, पोखरा–८ प्रतिभामार्गले मंगलवार प्रधामन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ प्रदान गरेको छ । वैशाख १२ र २९ गते देशमा गएको विनाशकारी भूकम्पबाट प्रभावित परिवारलाई सहयोगका लागि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदी मार्फत राहत कोषमा प्रदान गरिएको हो । जिल्ला प्रशाशन कार्यालय कास्कीमा आयोजित कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष डिल्लीराज शर्माले सहायक प्रमुख जिल्ला अधिकारी सुवेदी र कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीलाई बैंकमा जम्मा गरिएको भौचर प्रदान गरेका हुन् । प्रतिभा टोलमा रहेका १ सय ८८ घरपरिवारबाट सो रकम संकलन गरिएको संस्थाका उपाध्यक्ष बलराम घिमिरले जानकारी दिए । सो कार्यक्रममा संस्थाका सचिव पदम वस्ताकोटी, सदस्य पुष्पराज सिग्देल लगायतको सहभागिता रहेको थियो । कास्कीमा जिल्ला प्रशासन कार्यालय मार्फत हालसम्म ४६ लाख ६१ हजार ९ सय रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान भएको छ भने कर्मचारीबाट मात्रै १ करोड ५३ लाख रुपैयाँ कोषमा जम्मा गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले जानकारी दिए ।

Post a Comment

 
Top