0
गोल्डेन न्यूज संवाददाता
शितलादेवी आमा समूह पोखरा १२ चापापानीमा तीन दिने नेतृत्व विकास तथा उद्घोषणकला सम्वन्धी तालिम मंगलवारदेखि सुरु भएको छ । तालिमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष यादा कार्कीले गरेकि थिइन् । उनले आमा समुहमा नेत्तृत्व विकास तथा उद्घोषणकला सम्वन्धी तालिम आवश्यक भएको वताइन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजिक अभियन्ता सुष्मा पौडेले  आमाहरुले आफूलाई घरको गृहणी भएकोमा हिनातावोध होइन घरका मेनेजर भएकोमा गर्बगर्दै आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताइन् । तालिमको प्रमुख प्रशिक्षक समेत रहेकी पौडेलले प्रशिक्षकको काम बाटो देखाउने भएको बताउँदै हिंड्ने वा दौडेर गन्तव्यमा पुग्ने भन्ने जिम्मा सहभागीको भएको बताइन् । कार्यक्रममा चापापानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कीले तालिममा सक्रियताका साथ सहभागी हुन सहभागीहरुलाई अनुरोध गरे । त्यस्तै फूलबारी सामुदायिक भवनका सदस्य दिलबहादुर कार्कीले वोल्ने कला सवैभन्दा ठूलो कला भएको कारण यस्ता तालिमहरु हरेक संघ–संस्थाहरुले बेला–बेलामा आयोजना गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष अम्बिका बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष पुर्ण कार्कीले व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव भगवती शर्माले गरेकि थिइन् । कार्यक्रममा समूहकी कार्यसमिति, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा आजीवन सदस्यहरुको सहभागिता रहेको छ ।

Post a Comment

 
Top