0
गोल्डेन न्यूज संवाददाता
बिजुली सम्बन्धी काम गर्ने पोखराका प्राविधिकहरुले चट्याङगबाट सुरक्षा तथा रसायन अर्थिङसम्बन्धी तालिम लिएका छन् । तालिममा पोखरा इलेक्ट्रिसियन क्लवसँग आवद्ध २५ जना सदस्यहरु सहभागी थिए । उनीहरुलाई चट्याङबाट घरलाई सुरक्षित कसरी राख्ने, रसायन राखेर कसरी अर्थिङ गर्ने भन्नेबारे प्रयोगात्मक अभ्याससहित जानकारी प्रदान गरिएको थियो । पोखरा चट्याङ्गको दृष्टिकोणबाट  असुरक्षित मानिन्छ । सानो ठाउँमा घर बनाउँदा पुरानो तरिकाले तार जमिनमा ल्याएर अर्थिङ गर्नको लागि ठाउँ नै नहुने भएपछि रसायन प्रयोग गरेर अर्थिङ गर्ने नयाँ प्रविधीलाई यहाँका इलेक्ट्रिसियनहरुले अवलम्बन गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघ र पोखरा इलेक्ट्रिसियन क्लव तालिमको आयोजक हुन् । पोखरा उद्योग वाणिज्य संघले नै पोखरामा विद्युतीय क्षेत्रमा काम गर्ने दक्ष नेपाली जनशक्तिको अभाव पूर्ति गर्न आफ्नै संरक्षकत्वमा इलेक्ट्रिसियन क्लव गठन गरेको हो । कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देव क्षेत्रीले तालिमले बढी चट्याङ्को मारमा पर्ने पोखरालाई सुरक्षित राख्न मद्दत पु¥याउने धारणा राखे । इलेक्ट्रियन क्लवका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले समायुकुल आएका नयाँ प्रविधीलाई अवलम्बन गर्दै अगाडि बढ्न सके उपभोक्ता र इलेक्ट्रिसियन दुबैको सुरक्षा हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले संचालन गरेको कार्यक्रममा तालिम संयोजक राजेन्द्र ढकालले तालीमका विविध पक्षमाथि प्रकाश पारेका थिए । सहभागीहरुलाई इञ्जिनियर ईश्वर केसी र प्राविधिक सहदेव व्यञ्जनकारले प्रशिक्षण दिएका थिए ।

Post a Comment

 
Top