गोल्डेन न्यूज संवाददाता
विश्व वातावरण दिवसको सन्दर्भ पारेर इनरह्वील क्लव अफ न्यूरोड पोखराले पोखरा र लेखनाथको विभिन्न स्थानका वृक्षारोपण गरेको छ । क्लवले पोखराको बैदाम ठाडोपसल, मानविके स्रोत केन्द्र, नयाँबजार र लेखनाथको पोखरा विश्वविद्यालयमा वृक्षारोपण गरिएको हो । भावी पुस्ताले स्वच्छ वातावरण पाउन भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा कपुर, कल्की, पारिजात, धूपी, राजवृक्ष, गोल्मोहर, बकैनो, तेजपातकाकरि१ सय २१ विरुवा रोपिएको क्लवकी अध्यक्ष उर्मिला श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । कार्यक्रमका प्रमुख अतिथि थगा पोखरा विश्वविद्यालयका उपकूलपति प्रा.डा.विष्णुराज तिवारीले कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि तिवारीले स्वच्छ वातावरणका लागि वृक्षारोपण आवश्यक भएको बताए । उनले विश्वव्यापी उष्णताका कारण विभिन्न दुर्घना हुन सक्ने र त्यसबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्ने बताए । उनले भने,–‘यसको रोक थामका लागि खाली क्षेत्रमा पनि वृक्षारोपण गर्नु नै सर्वाेत्तम उपाय हो । र नेपालका हरेक क्षेत्रमा यो गर्न आवश्यक छ ।’ इनरह्वील क्लवले विश्वविद्यालयको गल्र्स होस्टल प्राङ्गणमा आएर वृक्षारोपण गर्नु प्रशंसनीय कार्य भएको बताए । क्लवकी अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीपमाला श्रेष्ठ, पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपक बहादुर भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका पदाधिकारी, सदस्यका साथै क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Post a Comment