0
गोल्डेन न्यूज संवाददाता
नेपालको खुलकुद विकास र विस्तारको योजनाबद्ध ढंगले अगाडि बढाउन खेलकुद विकास गुरु योजना निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरिएको छ । उक्त कार्यदलका लागी कास्कीबाट देवेन्द्र शेरचनलाई मनोनित गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको आइतबारको निर्णण अनुसार शेरचन सहित ६ जनालाई मनोनय गरिएको छ । मनोनित हुनेहरुमा सुनसरीका केशव विष्ट, चितवनका सुवोध प्रधान, स्याङजाका खड्गबहादुर रानाभाट, सुनसरीका जितेन्द्र चौधरी, काभ्रेका रेशम लामा र काठमाडौकी संगीना बैद्य रहेका छन् ।

Post a Comment

 
Top