0
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशन (सिटी रेवान)ले पोखरामा आइतबार रक्तदान कार्यक्रम गरेको छ । पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सिटी रेवानका महासचिव दिपक तिमिल्सिनाले जानकारी दिए । पोखरा उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष मिनराज काफ्लेले पहिलो रक्तदाता सिटी रेवानका अध्यक्ष के.पी शर्मा पाध्यालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष काफ्लेले व्यवसायीले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्नुपर्ने बताए । उनले सिटी रेवानका कार्यक्रमको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिन आग्रह गरे ।  सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जिवि श्रेष्ठले पोखराको व्यवसायमा सिटी रेवानले बेग्लै पहिचान बनाउन सकेको बताए । सिटी रेवानका अध्यक्ष के.पी शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पिताम्बर शर्मा पौडेलले स्वागत र सदस्य निशा पन्थीले कार्यक्रम संचालन गरेकी थिईन् । सिटी रेवानले विगतका केहि वर्षदेखि फुड फेष्टिबल, सरसफाई, बृक्षरोपण र रक्तदान जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ ।

Post a Comment

 
Top