कास्की जिल्ला थुमाको डाँडा १, याङ्जाकोट घर भई हाल बेलायत बस्ने नरजंग गुरुङ र उनकी धर्मपत्नी धनकुमारी गुरुङले पोखरा वृद्धाश्रमको निर्माण कार्यका लागि नगद ४५ हजार सहयोग गरेका छन् । बेलायतको काम्बुली बस्ने गुरुङ दम्पत्तिले सो सहयोग रकम आफ्ना भाईहरु निर्गबहादुर गुरुङ र दुर्गाजंग गुरुङ मार्फत् प्रदान गरेका हुन् । वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकहरुको बसाई तथा खानपिनमा समेत सहयोग पु¥याउने उद्देश्य सहित सहयोग गरेको आफन्त निर्गबहादुरले जानकारी दिए । आगामी दिनमा समेत सक्दो सहयोग गर्ने उनको भनाई थियो । पोखरा वृद्धाश्रममा ४८ जना ज्येष्ठ नागरिक सहित ६४ जना बसोबास गर्दै आएका छन् भने भूकम्प पीडितहरुमध्ये १० जनासम्मलाई आश्रय दिने बताइएको छ । वृद्धाश्रमले ज्येष्ठ नागरिकहरुलाई थप सुविधा सहितको बसाईका लागि २० कोठाको नयाँ भवन निर्माण गरिरहेको छ । ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो भवनका लागि झण्डै २ करोड लागत लाग्ने वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment