गोल्डेन न्यूज संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालले आफूविरुद्ध गुटभेला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले चित्त नबुझेका विषय बैठकमा राख्न आग्रह गरे । ‘अहिले एमालेमा के भइरहेको छ मैले बुझेको छैन,’ काठमाडौंमा सोमबार मदन भण्डारी फाउण्डेसनको विचार गोष्ठीमा उनले भने,–‘कहिले अर्याल भेला, कहिले सभासद भेला, कहिले हस्ताक्षर गरेका छन् । यो केको ताउरमाउर हो ?’ गुटबन्दी भयो भन्दै गुटका भेला बोलाएर हस्ताक्षर चलाउनु पार्टी नीतिविपरीत भएको बताए । ‘...अनि भूइँचालो ल्याउँछु भन्छन्, पार्टीमा के भयो र भूइँचालो ल्याउने,’ ओलीले प्रश्न गर्दै भने, ‘के समस्या छन्, बैठक चाहिन्छ भने केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिट्ब्यूरो कुन कुन निकायको बोलाउनुपर्छ, बोलाउँछु ।’ ओलीले पार्टी एक ढिक्का रहेको दाबी गर्दै आवेश र उत्तेजनामा नआउन नेपाल समूहलाई आग्रह गरे । ‘म पार्टीको अध्यक्ष हुँ, मलाई केही समस्या छ जस्तो लाग्दैन,’ युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका राजीनामा दबाब फिर्ता लिएको संकेत गर्दै उनले भने, ‘अनि किन आवेश, अनि किन उत्तेजना ?’ ओलीले मन्त्री पौडेलले पार्टी निर्णय कार्यान्वयन नगरेको आरोप लगाए । ‘एकजना मन्त्रीले मनपरी गर्न पाउँदैन,’पौडेलको सदस्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै उनले भने,–‘पार्टीको निर्णयअनुसार चल्नुपर्छ ।’ ओलीले मन्त्री पौडेलले सदस्यसचिव नियुक्तिमा गल्ती स्वीकार गरेकाले अरु विवाद गर्न आवश्यक नभएको बताए ।
‘एकजना मन्त्रीलाई मैले जे नगर्नु भनको थिएँ, गरे । मनपरी ढंगले मन्त्री चल्न पाउँदैन, पार्टीको आदेशअनुसार चल्नुपर्छ,’ मन्त्री पौडेलले सदस्यसचिव नियुक्तिमा गल्ती स्वीकार गरेको दाबी गर्दै भने,–‘मैले बोलाएर यो गल्ती किन गरेको भनेर सोधें, उहाँले साह्रै दबाबमा परेर भयो, गल्ती गरें भन्नुभयो ।’ सदस्यसचिव नियुक्ति प्रकरणलाई नयाँ सरकारसँग जोडिएको भन्दै ओलीले असन्तुष्टि जनाए । ‘यस्ता प्रधानमन्त्री भए के गर्छन्, एमालेले सरकार बनाएर के गर्छ भन्ने सुनेको छु,’ उनको भनाइ थियो, ‘के गर्छ होइन, देश बन्छ, बनाइन्छ ।’ नवौं महाधिवेशन पछि एमाले एक ढिक्का भएको दाबी गर्दै अध्यक्ष ओलीले पार्टी्भित्रैबाट नकारात्मक सन्देश प्रवाह गरेको आरोप लगाए । ‘नवौं महाधिवेशनपछि एमालेले असाधारण ढंगले ‘ड्राइभ’ गरेको छ,’ नेपाल लक्षित गर्दै उनले भने, ‘एमाले एक ढिक्का छैन भनेर यो के देखाउन खोजेको ?’ कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष ओलीले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई व्यवहारिक कार्यान्वयन गरेको दाबी गरे । कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सहभागी भएनन् । सदस्यसचिव नियुक्तिलाई लिएर अध्यक्ष ओलीले खेलकुद मन्त्री पौडेललाई राजीनामा गर्न दबाब दिएपछि खनाल र नेपाल असन्तुष्ट छन् । फाउण्डेनकी अध्यक्षसमेत रहेकी पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाल कार्यव्यस्तताले र खनाल भूकम्पपीडितको पुनस्थापना को कार्यक्रमले उपस्थित हुन नसकेको जानकारी दिइन् । कार्यक्रममा खनाल–नेपाल पक्षका कुनै पनि केन्द्रीय नेता सहभागी भएनन् । ओलीसहित उनका समूहका उपाध्यक्षद्वय वामदेव गौतम, विद्या भण्डारी, सचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सल्लाकार समितिका अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डललगायत उपस्थित थिए । सदस्यसचिव नियुक्तिले तीब्र विवादमा रहँदा पार्टी एक वर्षअघिको महाधिवेशनपूर्वको अवस्थामा फर्किएको नेताहरुले टिप्पणी गरेका थिए । ‘गतवर्ष मदन भण्डारीको जन्मजयन्ती मनाउँदा कम्तिमा सबै नेता उपस्थित हुनुहुन्थ्यो,’ एक वैकल्पिक केन्द्रीय सदस्यले भने, ‘सानो विषयले अहिले त्योभन्दा ठूलो तित्तताजस्तो देखियो ।’ यता, एमाले नेता माधव नेपालले स्वेच्छाचारी ढंगले काम गरेको भन्दै त्यसविरुद्ध संसदीय दलमा पनि आवाज उठाउन आफूनिकट सभासदहरूलाई निर्देशन दिएका छन् । सदस्यसचिव नियुक्ति प्रकरणमा मन्त्री हटाउने प्रयास भएपछि आक्रोशित उनले आइतबार केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

Post a Comment