0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार देखि हेपटाटिस सि को निःशुल्क उपचार शुरु गरेको छ । निकै खचिलो हुने हेपटाटिस सि को उपचार अन्य संघ संंस्था सगँ मिलेर निःशुल्क उपचार सेवा शुरु गरेको हो । अस्पतालले जिआईजेडको सहयोग र मनिस केयर फाउन्डेसको संयोजकत्वमा सेवा शुरु गरेको छ । अहिले ३१ जना विरामीबाट सेवा शुरु गरेको हेपटाटिस सि उपचारको संयोजन गरिरहेका डाक्टर बसन्त ताम्राकारले बताए । उनले भने ‘पोखरामा मात्रै करिब ५ सय भन्दा बढि हेपटाटिसका विरामी छन् पहिले ३१ जनाबाट उपचार शुरु गर्ने छौ पछि अन्यको पनि उपचार गर्ने बताए’ । उनले प्रत्येक हप्ता सुइ लगाउनु पर्ने बताउदै एउटै सुइको २० हजार पर्ने बताए । ताम्राकारले विरामीको जेनेटिक हेरी २४ हप्ता देखी ४८ हप्ता सम्म सुई लगाउनु पर्ने बताए । त्यसै गरि दैनिक खानु पर्ने औषधी समेत हुने उनले बताए । उनले हेपटाटिस सि को कमिले कलेजो सारो हुने, कलेजोको क्यान्सर लाग्ने हुने गरेको बताए । हेपटाटिस सि लागेका कारण विदेश जान नपाएका विरामीका लागी समेत यो उपचार पछि जान सक्ने बताए । हेपटाटिस सि रगत लिदा सर्न सक्छ भने लागु औषध सेवन गर्नेलाई यो रोग लाग्न सक्ने उनको भनाइ छ । शुभारम्भ कार्यक्रमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष रामनाथ अधिकारी, अस्पतालका सुपरीटेन्डेन डाक्टर श्रीकृष्ण श्रेष्ठ, मनिस केयर फाउन्डेसनका अध्यक्ष नविन तुलाचनले उपचारमा संलग्न डाक्टर बसन्त ताम्राकार, डाक्टर सुरेश थापा र शंकर भण्डारीलाई औषधि तथा अन्य सामाग्री हस्तान्त्ररण गरेका थिए ।

Post a Comment

 
Top