गोल्डेन न्यूज संवाददाता
कम्प्युटर एशोसिएन अफ नेपाल (क्यान) कास्कीको आयोजनामा शनिबार पोखरामा भ्याट तथा आयकर तालिम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय कास्कीका प्रमुख करअधिकृत जगदीश्वर उपाध्यायको प्रमुख आतिथ्यमा भएको सो तालिमको श्रोत व्यक्ति कर अधिकृत सूर्य सुर्खाली र नासु शालिग्राम सापकोटा थिए । क्यान कास्कीका अध्यक्ष गुणनीधि पाण्डेको अध्यक्षतामा भएको तालिममा कोषाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णराज पोखरेलले तालिम उद्देश्यरबारे प्रकाश पारेका थिए । तालिममा क्यानका सदस्यमध्ये ६० जनाको सहभागिता थियो । तालिमपछि प्रशिक्षार्थी विविशण तिमिल्सिनाले करसम्बन्धी जानकारीका लागि तालिम निकै प्रभावकारी रहेको बताए । यसैगरी क्यान कास्कीले शनिबार नै बैंकिङ क्षेत्रमा आइटीको प्रयोग, समस्या र समाधानबारे अन्तक्र्रिया गरेको छ । नेपाल राष्ट्रबैकका डेप्युटी डाइरेक्टर अमर अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सानिमा बैकका आइटी प्रमुख विक्रम श्रेष्ठ, गरिमा विकास बैकका आइटी प्रमुख कमलप्रसाद अर्यालले यसबारे सहजीकरण गरेका थिए । कार्यक्रममा पोखरास्थित विकास बैक, फाइनान्स र कमर्शियल बैकका गरी ५० जना प्रतिनिधिको सहभागिता थियो । क्वालिटी मल्टि टे«निङका संचालकसमेत रहेका पोखरेलको संयोकत्वमा भएको कार्यक्रमको संचालन क्यान महासचिव विश्वास भण्डारीले गरेका
Post a Comment