0
गोल्डेन न्यूज संवाददाता
यस बर्षको लामाचौर तिज महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिता भदौको अन्तिम साता हुने भएको छ । नव आदर्श सामुदायिक विकाश समाजले आप्mनो १८ औं बार्षिकोत्सवका अवसरमा गर्ने उक्त महोत्सव आगामी भदौं २८ गते देखि ३० गते सम्म स्थानिय इन्द्रराज्यलक्ष्मी उच्च माविको प्राङ्गढमा गर्ने भएको छ । आज लामाचौरमा आयोजित भेलाले देश राष्ट्रिय विपत्ति परेपनि त्यसलाई विस्तारै भुल्दै पुर्न निर्माण संगसंगै नियमित गतिविधि सञ्चालन होस भन्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिने निर्णय गरेको हो । समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको भेलाले तीन दिने महोत्सवमा तिज गीत प्रतियोगिता, लोकनृत्य, नव आर्दश उद्यमी सम्मान, बुद्धिचाल प्रतियोगिता, महिला म्युजिकल चियर, अन्तर मावि छात्रा भलिबल, घौटो फुटाउने, पत्रकार दौड लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । महोत्सवलाई व्यवस्थित बनाउन २१ वटा विभिन्न उपसमिति गठन समेत गरिएको अध्यक्ष भण्डारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  महोत्सवबाट करिब ३१ लाख आम्दानी हुने र २३ लाख खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष कृष्ण गुरुङ्गले बताए । महोत्सवबाट बचत रकमले समाजको भौतिक तथा त्यस क्षेत्रको विकाशका लागी खर्च गरिने सचिव लक्ष्मी पाण्डेले बताए । अध्यक्ष भण्डारी र प्रथम उपाध्यक्ष बमबहादुर गुरुङ्गले अघिल्ला वर्ष जस्तै यस बर्षको महोत्सवलाई पनि सफल पार्न आग्रह गरे ।

Post a Comment

 
Top