गोल्डेन न्यूज संवाददाता
नागढुङ्गा पोखरा ८ स्थित न्यू मोडल उच्च माविमा विद्यालको वार्षिक कार्यक्रम अनुसार अन्तरसदनात्मक विज्ञान क्वीज सम्पन्न भयो । सिनियर र जुनियर गरी दुई तहमा संचालित सो प्रतियोगितामा सिनियर तर्फ धौलागिरी समूहका दीपा पौडेल, रोशन पौडेल, प्रशंसा शर्मा तथा नविना रिमाल प्रथम भ एभने गौरीशंकर समूहका विवेक शाह, सान्तानु रोय, निरज बस्याल तथा प्रतीक पौडेलले द्वितीय स्थान प्राप्त गरे । यसैगरी जुनियर तर्फ गौरीशंकर समूहका मोनिका पौडेल, गायत्री गौतम, संस्कृति चालिसे तथा समीर गौतम प्रथम भए भने धौलागिरी समूहका स्वइच्छा गौतम, स्मृति पौडेल, जीवन मगर तथा सृष्टि रानाले द्वितीय स्थान प्राप्त गरे । विद्यालयका निर्देशक प्रभा गौतमको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा शिक्षक विनोद तिमिल्सिना र सन्तोष पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने सिनियर को–अर्डिनेटर सन्तोष प्रधान, प्रावि इन्चार्ज कृष्ण गुरुङ, शिक्षिका सविना गुरुङ, अमृत बरालले सहयोग गरेका थिए ।यसैगरी पोखराको रामघाट स्थित टप्स उच्च माविमा प्रावि तहको नेपाली हिज्जे प्रतियोगिता शुव्रmबार सम्पन्न भएको छ । अन्तरसदनात्मक रुपमा सञ्चालित प्रतियोगितामा मादी सदनका श्वेता गुरुङ, नमी गुरुङ र रन्जित नेपालीको समूह पहिलो भएको छ । यस्तै, मस्र्याङ्दी सदनका प्रकृति रेग्मी, रिया गुरुङ र हान्ना लोहाको समूह दोस्रो र काली सदनका श्रेया केसी, यमी गुरुङ र विवश गुरुङको समूह तेस्रो भएका थिए । प्राथमिक तहकी इन्चार्ज रामकुमारी गुरुङको अध्यक्षतामा र शिक्षिका मायादेवी पौडेलको सञ्चालनमा भएको कार्यव्रmममा शिक्षक रुपिन्द्र प्रभावी र शिक्षिका हिमा थापाले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन । शुव्रmबार नै निमावि तहका विद्यार्थीहरुको अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको नतिजा केही समयपछि सार्वजनिक गरिने अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख रमेश शर्माले जनाए । यसैगरी कास्की मोडनाइज्ड एकेडेमी उमाविले आफ्नो अतिरिक्त क्रियाकलाप अन्र्तगतको अन्तर सदनात्मक गणित हाजिरीजवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गणित विषय सर्वउपयोगी हुँदाहँुदै पनि अधिकाँश विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले समेत बोझको रुपमा लिने गरेकोमा यस्ता प्रतियोगिताहरुले विषयप्रतिको चासो बढने र गणित विषयलाई रोचक बनाउने विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले गरे । प्रतियोगितामा निलो सदनका सन्दीप गुरुङ्ग सी, इस्प्रिया गुरुङ्ग, उपज न्यौपाने र सन्दीप ढकालले प्रथम स्थान, सेतो सदनका सन्देश अस्लामी, सुलभ घिमिरे, जस्मिन गुरुङ्ग र जनम थापाले द्वितीय स्थान तथा हरियो सदनका सन्दीप गुरुङ्ग बी, प्रदीप के.सी, दिपशिखा कुँवर र सोलोमन गुरुङ्गले तृतीय स्थान हात पार्न सफल भएका छन् । कार्यक्रमको समापनमा बोल्दै विद्यालयका इन्चार्ज शिवलाल उपाध्यायले यस्ता प्रतियोगिताहरुले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन हुने बताए । कार्यक्रममा क्वीज मास्टरको भूमिकामा गणित विभागीय प्रमुख शिक्षक तेजुराम सुनार, स्कोरमा जीवनाथ सुवेदी, टाइम किपरमा शिक्षिका रक्षा गुरुङ्ग तथा विद्यार्थी समिक्षकको भूमिकामा प्रेमनाथ गौतम रहेका थिए । अतिरिक्त क्रियाकलाप अन्तर्गतको अन्तर सदनात्मक चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ । सिनियर तथा जुनियर गरी दुई तहमा सञ्चालन गरिएको प्रतियोगितामा सिनियरतर्फ सेतो सदनकी छात्रा श्वेता शर्मा प्रथम, रातो सदनकी छात्रा लक्ष्मी गुरुङ्ग द्वितीय र रातो सदनकै छात्रा इच्छा गुरुङ्ग तृतीय र हरियो सदनकी छात्रा सविता गुरुङ्ग सान्त्वना हुन सफल भएका छन भने जुनियर तर्फ हरियो सदनका असिम गुरुङ्ग प्रथम, हरियो सदनकै जोनशेन गुरुङ्ग द्वितीय, रातो सदनका सुसान गुरुङ्ग तृतीय र सेतो सदनका मानस तामाङ्ग सान्त्वना हुन सफल भएका छन् । कार्यक्रमको निर्णायकमा शिक्षक मनोज तामाङ र पोखरा वाटरकलर सोसाइटीका अध्यक्ष सूर्य बराइलीले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालय इन्चार्ज शिवलाल उपाध्यायले गरेका थिए । यसैगरी पोखरा उपमहानगर पालिका वार्ड नं. ७ मासबारमा रहेको स्टेपवाइ स्टेप उच्च माविमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरू बीच अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चार विभिन्न सदनका २४ जना विद्यार्थीहरू ले भाग लिएका थिए । विद्यालयका संस्थापक÷निर्देशक रमाकान्त बरालले नेपाली भाषाको विकासका लागि विद्यार्थीहरूको प्रमुख भूमिका रहेकाले विद्यार्थीहरू को भाषिक शुद्धातामा अभिवृद्धि गर्नेमा फलदायी हुने बताए । प्रतियोगितामा ग्यालिलियो सदनका कृष्टिना पराजुली कक्षा ६ ग, नवीन ओली ६ क, अश्विना के.सी. कक्षा ६ ख, रिता पौडेल कक्षा ७ क, क्रिज्मा पौडेल कक्षा ७ ग र सपना बास्तोला कक्षा ७ ख को समूह प्रथम र आइन्स्टाइन सदनका बिनीता गुरुङ्ग कक्षा ७ क, प्रकिया पराजुली कक्षा ७ ग, विशन गुरुङ्ग कक्षा ६ ग, निशान ढकाल कक्षा ६ क, अनुजा आचार्य कक्षा ६ ख र अविनभ पराजुली कक्षा ७ ख को समूह द्वितीय भएका थिए । विद्यालयका शिक्षिका सुशिला पौडेलले संचालन गरेका थिए । कार्यक्रममा शिक्षिका संगिता पराजुलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको संयोजन विद्यालयका नेपाली विभाग प्रमुख सूर्यप्रसाद लम्सालले गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज जगन्नाथ घिमरेले बताए । यसैगरी गुरुकुल उच्च मा.वि. नयाँबजार पोखरा ९ मा शिक्षण सिकाई मा गुणात्मकता अभिवृद्धि गर्ने हेतुले १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरु कक्षा ९ र १० का विद्यार्थीहरु तथा अभिभावकहरुलाई एकै साथ राखेर दिएको अभिमुखिकरण कार्यक्रममा डा. गेहेन्द्र मान उदास (पोख्रेली) ले सहजीकरण गरेका थिए । विद्यार्थीमा कसरी प्ररेरणा जगाई शिक्षण सिकाई लाई प्रभावकारी र रोचक बनाउने मुख्य उद्देश्य भएको सो कार्यक्रम विद्यालयका संस्थापक निर्देशक धर्मराज कोईरालाको उपस्थिति र प्राचार्य अचुत पाण्डेको संचालनमा भएको थियो । यसैगरी पोखराको सृजनाचोक फिर्के स्थित सृजना आवासीय उच्च मा.वि.मा कक्षा सजावट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सर्वोकृष्ट र उत्कृष्ट हुने कक्षाहरुलाई पुरस्कार वितरण गरिएको छ । प्रा.वि. तर्फ सर्वोकृष्ट हुने कक्षा ३ ‘क’ र उत्कृष्ट हुने कक्षा ५ ‘ख’ लाई प्राइमरी इञ्चार्ज प्रितम शंकर तथा शैक्षिक विभाग प्रमुख इन्द्र कुमार श्रेष्ठले सम्मान तथा पुरस्कार वितरण गरे । त्यसै गरी शिनियर तर्फ कक्षा १० ‘क’ र ‘ख’ बराबर अङकका साथ सर्वोत्कृष्ट हुन सफल भएका छन् । कार्यक्रमको लागि ५ जना निर्णायक रहेका थिए । कक्षा सजावट कार्यक्रम पून द्वितिय त्रैमाशिक पछाडि पनि संचालन हुने जानकारी अतिरिक्त कार्यक्रम संयोजक शिमबाबु त्रिपाठीले बताएका छन् । विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली र अङग्रेजी हस्तलेखन कार्यक्रम समेत सम्पन्न भएको छ ।
Post a Comment