शिक्षा क्षेत्रको सुधारको लागि शिक्षमा हुने कुनैपनि प्रकारको भ्रष्टाचारलाई रोक्न स्थानीय सरोकारवाला सक्रिय हुनुपर्ने एक कार्यम्रमका सहभागीहरुले बताएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा कास्कीको थुम्कीमा आयोजित स्थानीय समुदायको शिक्षा, स्वस्थ्य, खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यका साथ शिक्षाको अधिकारसँग सम्बन्धित सरोकारवाला निकायसँगको अन्तरक्रियामा यस्तो बताइएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले शिक्षामा बाल अधिकार सुनिश्चित गर्नका लागि प्रत्येक शिक्षकले शिक्षा डायरी अपडेट गरेर आफ्नो कर्तव्य अनुसारका भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आचार्यले भने–हाम्रा शिक्षकहरु कर्तब्य नै बिर्सेर राजनीतिक शरणमा पुग्ने प्रचलनको शिकार बालबालिका र अभिभाबक हुनुपरेको यथार्थताले राज्यको शैक्षिक लगानी खेर गैरहेको छ । सो अवसरमा प्रमुख अतिथि आचार्यले यतिबेला अख्तियारमा सबै भन्दा बढी उजुरी शिक्षामा परेको पनि शिक्षामा भएको गलत राजनीतिका परिणाम भएको भन्दै आचार्यले विश्व प्रतिस्प्रधामा हामो शिक्षालाइ सुधार गर्न स्थानिय समुदायको सक्रियता बढाउनु पर्ने बताए । मानब अधिकार निगरानी समूह थुम्कीका संयोजक दुर्गाबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले विगत एक बर्षदेखि इन्सेकले शिक्षा स्वास्थ्य र खाद्य अधिकारबारे सचेतमामूलक कार्यक्रम गर्दै आएको बताउँदै बालबालिकाको शिक्षा र स्वास्थको अधिकारप्रति सरोकारवाला निकायलाइ जवाफदेही बन्न र समुदायले पनि राज्यले प्रत्याभुत गरेका अधिकारप्रति चासो राख्नुपर्ने बताए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
राजनीति
» भ्रष्टाचार रोक्न सरोकारवाला सक्रिय हुनुपर्नेमा जोड
Subscribe to:
Post Comments (Atom)
Post a Comment