गोल्डेन न्यूज संवाददाता
कास्कीको हंसपुर गाविसलाई पूर्ण साक्षर गाविसका रुपमा घोषणा गरीएको छ । हाम्रो गौरव हाम्रो शान, पूर्ण साक्षर हंसपुर हाम्रो पहिचान चन्ने उद्घोषका साथ गाविसलाई पूर्ण साक्षर घोषणा गरिएको हो । सोमवार सम्पन्न समारोहमा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले हंसपुर पूर्ण साक्षर गाविस भएको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै चापागाईले कास्कीको विकट गाविस भएर पनि आफुलाई पूर्ण साक्षर गाविसका रुपमा चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै कोही पनि शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुनेमा जोड दिए । कार्यक्रममा कास्कीको पूर्वी क्षेत्रको शैक्षिक विकासमा उल्लेख्य योगदान पु¥ईरहेको सिड फाउण्डेशनका निर्देशक दामोदरभक्त, थापाले हंसपुरजस्तै अन्य गाविसलाई पनि पूर्ण साक्षर बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । घोषणा कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सदस्य आनन्द सुवेदी, गाउंँ ईकाई समितिका सभापति गंगाबहादुर गुरुङ, नेकपा एमाले हंसपुरका अध्यक्ष तारानाथ सुवेदी, नेपाली कांग्रेसका नेता नविनबाबु पौडेल, राप्रपाका टेकनाथ सुवेदी, स्थानीय धनबहादुर विक, बेचन शाह, कल्पना सुवेदी, लेलीन घिमिरे, चन्द्रप्रसाद गुरुङ, युवराज सुवेदी लगायतले आफ्नो गाविस पूर्णसाक्षर घोषित हुन सकेकोमा खुशी व्यक्त गरेका थिए । गाविस सचिव धर्मदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामकोट उच्च माविका प्राचार्य भरतमणि भट्टराई, शिक्षक कृष्णराज सुवेदीले स्वागत तथा संचालन गरेका थिए ।
Post a Comment