0
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको २०औँ स्थापना दिवसका अवसरमा सोमबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेष्डोका संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईले कुनैपनि संस्थाको सफलताको लागि स्पष्ट सोचका साथ सफल नेतृत्वका साथमा सामूहिक भावना हुनुपर्ने बताए । महिला, विपन्न तथा वन्चितीमा परेको वर्गको क्षेत्रमा क्रियाशिल रहेकाले संस्था नेपालको पहाडी क्षेत्रमा अग्रणी दिगो संस्थाको रुपमा रहेको उनले बताए । संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रस्तावित नेष्डो समृद्ध माइक्रोफाइन्स वित्तीय संस्थाका सञ्चालक समितिका सदस्य कमल प्रसाद शर्माले नेष्डो नेपालले स्थापना देखिनै समाजमा पछाडि पारिएका वर्गहरुको क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा संस्थाका विभागीय प्रमुखहरु विश्ववन्धु प्रसाई, लक्ष्मी कुमारी मेघाषी, वद्री प्रसाद मिश्र, युधिष्ठिर भुषाल, वरिष्ठ अधिकृत नारायण प्रसाई, व्यवस्थापक उत्तम प्रसाद अधिकारी, शाखा प्रवन्धक कृष्ण प्रसाद चापागाई र राधा कुमारी शर्मा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top