गोल्डेन न्यूज संवाददाता
पृथ्वीराजमार्ग र भूपि शेरचन राजमार्गको नौ स्थान बढि दुर्घटना ग्रस्त क्षेत्र रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । सडक दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथमा आयोजित एक दिने समुदाय अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो । पृथ्वीराजमार्गमा पर्ने लामेआहाल, तालचोक, लेखनाथचोक,सैनिक वस्ती, चाउथे, अमरसिंहचोक दुर्घटनाग्रस्त क्षेत्रहरु हुन् । साथै बाग्लुङ–पोखरा राजमार्गको बाग्लुङ बसपार्क, हेम्जा, सुईखेत क्षेत्रहरुमा बढि दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका नायव निरिक्षक राजेन्द्र कार्कीले जानकारी दिनुभयो । यी क्षेत्रहरुमा सडक विभागले सर्तकताका लागि सूचनामूलक वोर्डहरु राखेको छ । ट्राफिक संकेत नभएको स्थानमा ट्राफिक कार्यालयले विभिन्न संघसंस्था मिलेर सूचना राखेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । ती स्थानहरुमा ठूला दुर्घटना नभएपनि साना भने दोहिरिरहेको अर्यालले बताए ।कार्यक्रममा रेडक्रस कास्की शाखाका सभापति बामदेव ढुङ्कानाले दुर्घटनाग्रस्त क्षेत्रहरुमा यात्रु र चालकले सर्तकता अपनाउनुपर्नेमा जोड दिए । दुर्घटनाग्रस्त क्षेत्रलाई केन्द्रित गर्दै कास्कीको कोत्रेदेखि लुम्लेसम्म प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम विभिन्न विद्यालय र समुदायमा सञ्चालन भइरहेको हो । बढि दुर्घटनाग्रस्त क्षेत्रहरुका स्थानीयहरुलाई समेटेर सडक सुरक्षा र प्राथमिक उपचार सम्बन्धी अभिमुखिकरण र तालिम सञ्चालन भइरहेको फिल्ड कोअर्डिनेटर प्रतिभा सापकोटाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय मार्फत कास्की शाखाद्वारा सञ्चालित कार्यक्रम अन्र्तगत भएको अभिमुखिकरणमा राजमार्ग वरपरका करिव २४ जनाको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी अर्घौ उपशाखाका सभापति हिरामणि सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिता भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Post a Comment