0
योग दिवसको अवसर पारी पाठेघर तथा स्तन क्यान्सर  सचेतना कार्यक्रम पोखरामा सम्पन्न भएको छ । सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै डा.कालु शर्मा सुवेदीले हाम्रा दैनिक आहार, रहन सहन, जीवनशैली, कर्म, आराम जस्ता विषयको राम्रो व्यवस्थापन गर्न नसक्दा हाम्रो स्वास्थ्यमा नकरात्मक असर पार्ने हुनाले क्यान्सर जस्ता भयानक रोगको शिकार बन्नुपरेको बताए । उनले स्वस्थ्य शाकाहारी भोजन र दिनहुँ गरिने व्यायमले यी सबैकुरालाई मिलाएर लैजाने बताए ।  कार्यक्रमका पोखरा उपमहानगरपालिकाका वरिष्ट अधिकृत ओमराज पौडेलले हामीले लिएको शिक्षाले धेरैलाई चेतना जगाउने अपेक्षा गरेको बताए । उनले क्यान्सर रोगलाई हाम्रो जीवनशैलीले निम्त्याउने बताउँदै यस्ता विषयमा सबैजना सचेत बन्नुपर्नेमा जोड दिए । सञ्चारकर्मी सरिता तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रम महिला सशक्तिकरण की अध्यक्ष सुनिता बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

Post a Comment

 
Top