0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारले पत्रकार महासंघ कास्कीको भवन निर्माणका लागि चालु आर्थिक बर्षमा छुट्टाएको पाँचलाख रुपैयाँ हस्तान्तरण गरेको छ । सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेललाइ पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुृन् । यसअघि पनि नेपाल सरकारले महासंघको भवन निर्माणका लागि संचार मन्त्रालय मार्फत सहयोग गरेको थियो । पत्रकार महासंघ कास्कीको भवन निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ । छिट्टै विशेष समारोहको आयोजना गरी महासंघको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।

Post a Comment

 
Top