गोल्डेन न्यूज संवाददाता
चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको गजुर झिकिएको छ । सोमबार बिहान वैधिक विधिअनुसार साइत हेराएर कुभिन्डोको बलि दिएर गजुर झिकिएको हो । हालैको भूकम्पमा मन्दिर एक फुट दक्षिण–पश्चिम ढल्केपछि जगैदेखि भत्काएर जीर्णोद्वारको आरम्भ गरिएको छ । ९१ इन्च गोलाइ र ५४ इन्च उचाइ भएको सुनको जलप लगाएको गजुर मन्दिरबाट झिकिएको मनकामना मन्दिर जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । उनका अनुसार मन्दिर परिसरमा रहेको एक कोठामा गजुर सुरक्षित राखिएको छ । ‘मन्दिर जीर्णोद्वार गर्न करिब रु १५ करोड आवश्यक पर्छ’ संयोजक श्रेष्ठले भने–‘सरकारबाट प्राप्त भएको रु चार करोड र भक्तजनबाट प्राप्त भएको करिब रु पाँच करोडले मन्दिर जीर्णोद्वार गर्नेछौँ ।’ मन्दिर जीर्णोद्वारका लागि मन्दिर परिसरमा रहेका व्यापारीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘आउँदो तीन वर्ष्भित्र मनकामना मन्दिर पुनःनिर्माण गरिसक्छौँ’ कालीगढ कृष्णगोविन्द हमालले भने–‘जीर्णोद्धारका लागि आवश्यक सम्पूर्ण सामान तयार छ ।’ यसैबीच मन्दिरभित्र हुँदै आएको पूजाअर्चना मन्दिर जीर्णोद्धार कार्य सम्पन्न नहुँदासम्म बाहिरै सुचारु गरिने भएको छ । मन्दिर परिसरको चौतारोमा पूजाअर्चनाको व्यवस्था मिलाइएको छ । बलि दिने ठाउँ र पबत्रूजाअर्चना गर्ने ठाउँको व्यवस्थापन भइसकेको छ’ पुजारी इन्सान थापाले बताए ।
Post a Comment