0
गोल्डेन न्यूज संवाददाता
नेपालमा गएको महाभूकम्पका पीडित जनताको राहत स्वरुप भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्स लिमिटेडले ३ वटा म्बुलेन्स निःशुल्क प्रदान गरेको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्य तथा फोर्स मोटर्स लिमिटेड इन्डियाका जनरल म्यानेजर रबिन्द्र पट्कीको आतिथ्यतामा सम्पन्न एक कार्यक्रममा एम्बुलेन्सहरु कम्पनीले  नेपालका लागि आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेण्टल प्रा. लि. मार्फत “लायन्स क्लव्स इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी १ नेपाललाई हस्तान्तरण गरेको हो । एम्बुलेन्सहरु लायन्स क्लव्स इन्टरनेश्नल मल्टिपल डिष्ट्रिक्ट ३२५” अन्तर्गतको डिष्ट्रिक्ट ३२५ बी १मा आवद्ध रहेका लायन्स क्लवहरु क्रमशः लायन्स क्लव अफ काठमाडौं गोंगवु, लायन्स क्लव अफ पोखरा पंचासे चौतारी र लायन्स क्लव अफ बेनी म्याग्दीको संयोजकत्योमा त्यस क्षेत्रका लायन्स क्लवहरुले संचालन गर्ने गरी सहयोग स्वरुप प्रदान गरिएको जनाइएको छ । प्रदान गरिएका एम्बुलेन्सहरु भूकम्पबाट बढी प्रभावित जिल्लाहरु क्रमशः सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रका जनताको स्वास्थ सेवाका लागि परिचालीत गरिने आयाम इन्टरकन्टीनेण्टल प्रा. लि. का अध्यक्ष ध्रुब थापाले बताए ।  कार्यक्रममा नेपालका भूकम्प पीडित जनताको सेवामा समर्पित गर्र्ने अभिप्रायले हामीले यी ३ वटा एम्बुलेन्सहरु सहयोग गरेको फोर्स मोटर्स लिमिटेड जनरल म्यानेजर रबिन्द्र पट्कीले बताए । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री खगराज अधिकारीले फोर्स मोटर्सले संकटका वेला सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिए ।  ट्राभलर एम्बुलेन्स भारतको सर्वाधिक लोकप्रिय तथा आपतकालीन स्वास्थ सेवाका लागि सर्वत्र रुचाइएको एम्बुलेन्स हो । भारतको केन्दि«य सरकार साथैै विभिन्न राज्यहरुमा यसका एम्बुलेन्सहरु प्राथमिकता आधारमा संचालित छन् । ट्रेक्स एम्बुलेन्सहरु चार पाग्रे भएको हुँदा कच्ची, ग्रामीण साथै साँगुरा सडकहरुमा बढी लोकप्रिय छन् ।  हाल फोर्स मोटर्स लिमिटेड भारतको अटामोवाइल क्षेत्रको एक उत्कृष्ट कम्पनीका रुपमा परिचित छ । कम्पनीका ट्राभलर लाईट कमर्सियल भेईकल, ट्राक्स मल्टी–युटिलिटि भेईकल एण्ड क्रस कन्ट्री भेईकल, ट्रम्प स्मल कमर्सियल भेइकल, बलवान ट्रयाक्टर्सहरुको उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले हालसालै प्रश्नल तथा क्ग्ख् को रुपमा फोर्स वान र एक्सट्रेम अफ रोडर भेइकलको रुपमा गोर्खाको उत्पादन तथा विक्री प्रारम्भ गरेको छ ।
नेपालमा आफ्नो स्थानीय डिलर मार्फत विभिन्न ट्राक्स (१४ सिट क्षमता भएको ट्राक्स क्रुइसर, कार्गो किङ्ग, गामा), ट्रम्प ४० ,गोर्खा, ट्राभलर तथा ट्रयाक्टर्सहरु विक्री वितरण गर्दै आइरहेको आयाम इन्टरकन्टिनेण्टल प्रा. लि.का प्रवन्ध निर्देशक राजन लम्सालले गोल्डेन न्यूज दैनिकलाई बताए ।

Post a Comment

 
Top