0
बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्की अन्तर्गत स्थानीय अधिकार कार्यक्रमको गत २०१५ जनवरी देखि जुन महिना सम्मको अर्धबार्षिक कार्यक्रमको सहभागितामूलक समिक्षा तथा चिन्तन मनन् कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पो.उ.म.न. पा. वडा नं. २८,अर्मला र वडा नं. २०,भलाममा सम्पन्न भएको थियो भने यहि असार ४ गते  पो.उ.म.न.पा. वडा नं. २१,काहुँमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले २०१५ मा कार्यक्रमले सन २०१५ मा जनवरीदेखि जुन सम्ममा भए गरेका कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा कार्यक्रममा अधिकारवाला महिला, दलित, जनजाति, बाल क्लवका सदस्यहरु, संस्थाका कर्मचारिहरु र यस संस्थाका कार्यसमितिका पदाधिकारीहरु भई वार्षिक समिक्षा गरिएको थियो । हालसम्म गरिएका कार्यक्रमहरुको उपलब्धिहरु, सवल पक्षहरु, कमजोर तथा सुधार गर्नु पर्ने पक्षहरु, तथा समस्याको वारेमा व्यापक रुपमा छलफल गरिएको थियो । अधिकारवालाहरुको सहभागितामा उनीहरु बाटै भए गरिएका कार्यक्रमहरुको उपलव्धि निकालिएको थियो । कार्यक्रमको समिक्षा गर्ने क्रममा काहुँमा महिला अधिकार मञ्चकी अध्यक्ष पार्वती आचार्यले आफुले महिला अधिकार मञ्चको  अध्यक्ष भएपछि अधिकारको विषयमा धेरै कुरा वुझेको बताएकी थिईन भने इन्दिरा अधिकारी वडा समन्वय समितिको सहसंयोजक र अम्बिका आचार्य महिला समन्वय समितिको संयोजक भएको र आगामी स्थानीय चुनावमा वडा अध्यक्षमा पनि उठन तयार भएको कुरा बताएका थिए ।संस्थाले लगानी गरेको विऊपुँजीबाट मौरी पालन, गोलभेडा खेती, कुरिलो खेतीबाट राम्रो आम्दानि गरेको अनुभव सुनाउँदै  महिलाहरु आय आर्जनमा अघि बढेको बताएका थिए । त्यसै गरी अर्मलाको एकता समूहकी लालसुवा गुरुङ्ग, जुठी गुरुङ्ग, मैया वि.क, गम्भिरा विक, लक्ष्मी भट्टराई, सावित्रि पराजुली लगायतका महिलाहरुले यस कार्यक्रमले गर्दा आपूmहरु वडा संयोजक, महिला समूहको अध्यक्ष, सामुदायीक वन उपभोक्ता समितिको सचिव, कोषाध्यक्षमा रहन सफल भएको र योजनाहरु पेश गर्न सफल भएको बताए । अर्मला, देउराली समूहकी कृष्ण कुमारी विकले पनि समूहकै माध्ययमबाट आफूहरुले अदुवा खेति गरि आम्दानी गरेको बताइन । यसैगरि भलाममा पनि महिलाहरु निकै सक्रिय हुँदै आएको, आयआर्जन गरि रहेको लक्ष्मी पौडेल, लता पौडेल, विष्णु वि.क. लगायतका महिलाहरुले बोलेका थिए । कार्यक्रममा काहुँमा ६३ जना र अर्मलामा ६५ र भलाममा ३५ जना गरि जम्मा १७३ जनाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत सामाजिक परिचालक धना पौडेल, शोभा आचार्य र विष्णुमायाँ पौडेलले गरेका थिए भने कार्यक्रमको उद्देश्यबारे कार्यक्रम संयोजक दुर्गा शर्मा र इन्दिरा पराजुलीले प्रष्ट पारेका थिए ।

Post a Comment

 
Top