0
गोल्डेन न्यूज संवाददाता
इनरह्विल क्लब अफ न्यूरोड पोखराले पोखराका १० मन्दिरहरुमा सरसफाइका सामाग्री एवं नगद हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लबका  दिनेश शंकर पालिखे, इनरह्विल सरसिज पालिखे, शितलादेवी मन्दिरका पूर्व अध्यक्ष नन्दजङ गुरुङ, उपाध्यक्ष राम बहादुर कार्की, शिव मन्दिरका उपाध्यक्ष सूर्य खत्री, नेपाल प्रेस युनियनका अध्यक्ष शिरोमणि बराल लगायतले बोलेका थिए । कार्यक्रको बारेमा दीपमाला श्रेष्ठले प्रकाश पारेकी थिइन । कार्यक्रममा पोखराका शितलादेवी, शोभा भगवती, सन्तोषीमाता, भीमसेन मन्दिर, शिव मन्दिर, दुर्गा मन्दिर, गीता मन्दिर, केदारेश्वर, तालबाराही मन्दिरमा ६६ हजार बराबरको सरसफाइका सामाग्री अन्तर्गत कुचो र डस्बिन तथा नगद क्लबका अध्यक्ष उर्मिला श्रेष्ठले हस्तान्तरण गरेकी थिइन । उक्त  सहयोगका लागि बाबा फाउण्डेशन पोखराले समेत सहयोग गरेको थियो । अध्यक्ष श्रेष्ठले शितलादेवी मन्दिरको बाथरुमको ढोका निर्माणका लागि आवश्यक रकम र सन्तोषी माता मन्दिरका लागि ४ हजार ८ रुपैयाँ नगल समेत प्रदान गरेकी थिइन । यसैगरी इनरह्विल क्लब अफ न्यूरोड पोखराको आयोजनामा पश्चिम लमजुङमा रहेको कुसुमाकर उच्च माविमा रजश्वला सम्बन्धी सचेतना र करिब १० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका कक्षा ६, ७ र ८ का ६० जना छात्राहरुलाई पोखराको फिस्टेल हस्पिटलका डा. बन्दना ताम्राकार र डा. सोनम गुरुङले विद्यार्थीलाई रजश्वलाको समयमा हुने समस्या र समाधानको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै डा. बन्दना ताम्राकारले रजश्वला किशोरीहरुको निश्चित उमेर पछि हुने नियमित प्रक्रिया भएको बताइन । उनले यस अबधिमा के गर्ने र के नगर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन ।  यस्तै विद्यालयका प्रधानाध्यापक धु्रवराज घिमिरेले समय र विकास भइरहेता पनि किशोरीहरुमा रजश्वलाको विषयमा यस्ता परामर्श र सचेतनाका कार्यक्रम महत्वपूर्ण हुने बताए । क्लबका सदस्य यमुना तझ्याको संयोजकत्वमा भएको कार्यक्रम क्लबका अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार गौरव त्रिपाठी, विद्यालयका शिक्षक विश्वचन्द्र सुवेदी, क्लबका सदस्यहरु कमला बराल र पावर्ती कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घिमिरेलाई क्लबका अध्यक्ष श्रेष्ठले आफ्नो व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ बराबरको खेलकुदका सामाग्रीहरु समेत हस्तान्तरण गरेकी थिइन ।

Post a Comment

 
Top