0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघद्वारा भूकम्प पीडित संघका सदस्यहरुलाई राहत वितरण कार्यक्रम सोमवार सम्पन्न भयो । बैैशाख १२ र २९ गते गएको महाभूकम्प पीडित तथा त्यसको लगतै भएको असिनावाट भएको व्यवसायिक क्षति भएका व्यवसायीहरुलाई राहात वितरण गरिएको हो । व्यवसायिक कल्याणकारी कोष संचालन उपसमितिका संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक आत्रेयले वैकल्पिक बसोवासको व्यवस्था भएकालाई क्षति वढि भएको अवश्थामा पनि प्राथमिकता क्रममा समावेश नगर्दा न्याय संगत हुन्छ भन्ने अभिप्रायका साथ त्यस्ता प्रकारका घर टहरा भत्केकालाई सम्वोधन नगरिएको बताए । साथै बसिरहेको घर पूर्ण रुपमा क्षति भएकालाई राहात वितरण गरिएको थियो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी,े निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघले प्रदान गरेको यो रकम सिडमनीको रुपमा रहेको र दुःखका बेला संघ आफूहरुको साथमा सधै रहने बताउँदै विगतदेखि स्थापना गरेको व्यवसायिक कल्याण कोषलाई अझ बलियो बनाउने, व्यवसायीहरुलाई क्षति भएका बेला सहयोग गर्न सकिने उद्देश्य रहेको बताए । त्यसैगरि भूकम्पबाट पीडित खनाल सेलर राई मिलका प्रो. टिकाप्रसाद खनालले व्यवसायीहरुलाई दुःख परेका बेला थोरै भए पनि सहयोग र सद्भाव राखेकोमा सवैको तर्फबाट धन्यवाद दिए र व्यवसायिक कल्याण कारी कोषलाई बढि भन्दा बढि बलियो बनाउनुपर्ने धारणा राखेका थिए । असिनावाट व्यवसायिक क्षति भएका.तालनगरी व्लक उद्योगकी प्रो.गिता कोईराला वाँस्तोला र शिशुवा कंक्रिट व्लक उद्योगका प्रोपाइटर लक्ष्मण बाँस्तोलालाई जनही .तीन–तीन हजार प्रदान गरिएको थियो । त्यस्तै गरि मानवीय क्षति भएका होमनाथ भूर्तेलको परिवार र जुना खडकाको परिवारलाई जनही आठ–आठ हजार प्रदान गरिएको थियो ।कार्यक्रममा सुनिल बस्नेत, टिकाप्रसाद खनाल, केशवराज पौडेल, पितृराज मरासैनीलाई जनही आठ हजारका दरले प्रदान गरिएको थियो भने अर्जुन न्यौपाने, गंगा तिवारी, जीवन पौडेल, मन्दिप बराल, सोमराज सापकोटा, विष्णुप्रसाद दूखी अधिकारी, संन्दिप सुवेदी, कृष्णवहादुर भुजेल, प्रेमराज ढकाल र निशान वरेलीलाई चार हजारका दरले रु ९४ हजार रकम प्रदान गरिएको थियो । कार्यक्रम संचालन व्यवसायिक कल्याणकारी कोष संचालन उपसमितिका सदस्य तथा कार्यसमिति सदस्य प्रशान्तराज धमलाले गरेका थिए भने धन्यवाद ज्ञापान समितिकी कार्यसमिति सदस्य मेनुका श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top