गोल्डेन न्यूज संवाददाता
ताराकुञ्ज सेकेन्डरी स्कुल, पाटनबेसी, पोखर–१३ मा निम्न माध्यमिक तहको अन्तर सदनात्मक वर्ड पावर कन्टेस्ट सम्पन्न भयो । विद्यार्थीहरुको अङ्गे्रजी हिज्जे र संरचनात्मक तागत परीक्षण गर्ने उद्देश्यले संचालन गरिएको नि.मा.वि.स्तरीय वर्ड पावर कन्टेस्ट विद्यालयका चार सदनका १६ जना विद्यार्थीहरुबीच आयोजना गरिएको थियो । जनरल राउन्ड, क्वाटर फाइनल राउन्ड, सेमिफाइनल राउन्ड र फाइनल राउन्डमा विभाजित उक्त कार्यक्रममा गौरीशंकर (पहेँलो) सदन प्रथम , माछापुच्छे« (हरियो) सदन द्वितिय र अन्नपूर्ण (निलो) सदन तृतीय र धौलागिरी (रातो) सदनले सान्त्वना स्थान हासिल गरेका थिए । विद्यालयका शिक्षक राजेन्द्र नेपालीले संचालन गरेको कार्यक्रममा अङग्रेजी शिक्षकहरु मोहन प्रसाद शर्मा र रेखा गुरुङ्गले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी लेखनाथको राज चौतारास्थित युनिभर्स ईङलिस बोर्डिङ स्कूलमा माध्यमिकतह स्तरीय अङ्ग्रेजी वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ९ र १०का कुल १८ जना छात्रछात्रा हरुले मोवाइल फोनको पक्ष र विपक्षमा आ आफ्ना तर्कहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा कक्षा १० का विदुर अधिकारीले प्रथम स्थान हासिल गरेका थिए भने कक्षा १०का अविषेक पण्डितले दोस्रो र कक्षा १० कै विराज गिरीले तेस्र्रो स्थान प्राप्त गरे ।
Post a Comment