गोल्डेन न्यूज संवाददाता
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा स्थापना गरिएको भूकम्प पीडित पूनस्र्थापना केन्द्रमा रहेका भूकम्पबाट घाइते तथा प्रभावितहरुलाई सिक्लेसका तीन युवाले ४८ हजार रुपैयाँ बराबरको टि सर्ट मंगलवार सहयोग गरेको छ । कास्कीको रमणीय पर्यटीय गाँउ सिक्लेसको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनका लागि सिक्लेसका सिर्जनशील युवाहरु गुञ्जमान गुरुङ, विकास गुरुङ र चुनार गुरुङले सिक्लेस ट्रेकिङ रुटको नक्शा सहितको आठ सय रुपैयाँ मुल्यको ६० वटा टिसर्ट गुञ्जमान गुरुङ र विकास गुरुङले तमु धिं नेपालका आमा समितिका अध्यक्ष हरिमाया गुरुङलाई हस्तान्तरण गरेका हुन्े । टि सर्ट हस्तान्तरण कार्यक्रममा सिक्लेस युवा क्लवका कोषाध्यक्ष समेत रहनुभएका गुन्जमान गुरुङले भूकम्पबाट पीडित दाज्यु भाई दिदिबहिनीलाई जस्ले जहाँबाट जसरी जेबाट सहयोग गर्न सकिन्छ त्यही गरिरहदा तमु धिं नेपालले स्थापना गरेको पुर्नस्थापना केन्द्रमा आई आफूहरुले तयार पारेको टि सर्ट प्रदान गरेको बताए । यसरी नै मंगलवार तमु धिं नेपालस्थित पूर्नस्थापना केन्द्रमा रहेका घाइतेहरुको उपचारका लागि डा. मनकुमारी गुरुङले १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका छन् । कास्की जिल्लाको सार्दिखोला गाविस खादरजुङ्ग गाँउ र पोखरा १ भिमकाली पाटन घर भै हाल नर्वेमा कार्यरत डा. गुरुङको आमा मोहनसुबा गुरुङ र दिदी शान्ति गुरुङले हस्तान्तरण गरेका हुन् । यसरी नै खाजाका लागि चार भञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष सुमे नारायणसिहं गुरुङले ५ हजार ५ र टिम्बर लेक पोखराका भुविन्द्र अधिकारीले ५ हजार ५ रुपैयाँ आमा समितिका अध्यक्ष हरिमाया गुरुङलाई हस्तान्तरण गरे । यसैबीच मंगलबार विहान पूर्नस्थापना केन्द्रमा भोजनदान गरेका पोखरा ७ राष्ट्रबैक चोकस्थित धौलागिरी गोर्खा ट्रेनिङ सेन्टर तथा होटल ग्यालेक्सी एण्ड रेष्टुरेण्टका सञ्चालक सदस्य सुवेदार केयरसिंह गुरुङले आफ्नो तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेको भन्दै आफ्नो संस्थाबाट प्राप्त हुने सेवामा भूकम्प पीडितलाई विशेष छुट दिने घोषणा गरे ।
Post a Comment