गोल्डेन न्यूज संवाददाता
रेडियो जननी मंगलबारदेखि हजार वाटमा स्तरोन्नति भएको छ । पहिलो आवाज उद्यमशीलताका लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने उद्घोषका महिला उद्यमी द्धारा दुई वर्ष अघि स्थापित रेडियो जननी सय वाट बाट हजार वाटमा स्तरोन्नती भएको हो । रेडियोको प्राङ्गणमा आयोजित विशेष कार्यक्रमका बीच प्रमुख अतिथि सञ्चारिका समूहकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले रेडियो जननी हजार वाटमा प्रवेशलाई अनावरण गरि उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै शर्माले अहिलेको प्रतिस्पर्धात्मक समयमा रेडियो जननी हजार वाटमा स्तरोन्नती हुनु निकै महत्वपूर्ण रहेको भन्दै बधाई तथा शुभकामना दिइन । “महिलाहरुको आवाज समाजमा ल्याउन रेडियोको इतिहास महत्वपूर्ण छ” शर्माले भन्नुभयो—“उद्यमशील महिलाहरुले रेडियोमा गरेको लगानी उदारहणीय छ ।” सञ्चारमाध्यम मध्य रेडियोमा महिलाको पहुँच बढी रहेको उल्लेख गर्दै शर्माले महिलाको आवाज मात्रै ल्याउने नभई अब निति परिवर्तन गर्नका लागि कार्यक्रमहरु आउन जरुरी रहेकोमा जोड दिइन । कार्यक्रममा बोल्दै बानका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले पछिल्लो समयमा रेडियो खुल्ने क्रम बढ्दै गएकोले रेडियोलाई आवश्यकताको माध्यमको रुपमा सञ्चालन गर्न सकिए व्यवसायिक हुदै जाने बताए । रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले उद्यमशीलतालाई अगाडि बढाउने अभिप्रायले स्थापित रेडियो जननी सबैको साथ र सहयोगले हजार वाटमा उन्तरोन्नती हुन सफल भएको भन्दै रेडियोले आगामी दिनमा महिलाहरुको आवाजलाई बुलन्द बनाउदै लैजाने बताइन । रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले १०० वाटबाट हजार वाटमा ल्याउनका लागि सहयोग गर्ने विज्ञापन दाता, सुभचिन्तक हरुमा आभार ब्यक्त गरिन्े । प्रेस स्वतन्त्रताका सेनानी वरिष्ठ पत्रकार माधव शर्माले महिला उद्यमीहरुले साहस गरेर सञ्चालन गरेको यस रेडियोले १००० वाटमा प्रसारण गरेकोमा बधाइ दिदैँ सफलताको कामना गरे । वरिष्ठ पत्रकार नारायण कार्कीले सयबाट हजार वाटमा रेडियो जननीले गरेको यो स्तरोन्नती सँगै गुणात्मकलाई ध्यान दिनु पर्ने बताए । विशेष गरि महिलाको क्षेत्रलाई लिएर अगाडि बढेको रेडियोले विशेषज्ञता हासिल गर्दै अझ अगाडि बढ्न सकोस भन्दै शुभकामना व्यक्त गरे । नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले रेडियो जननीले आफ्नो नारालाई प्रमाणित गरेको बताइन । रेडियो अन्नपूर्णका कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठले पछिल्लो समय रेडियोको गुणस्तरीयता खस्किराखेको र धेरै रेडियोहरु धरासायी हुदैछन् भन्ने कुराहरु बाहिर आइरहेको समयमा रेडियो जननीले हजार वाटमा स्तरोन्नती गरेर हिम्मत देखाएको भन्दै हिम्मत, साहस र टिम वर्क भयो भने गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको बताए । अधिवक्ता सरला कुमारी पाण्डे र जुना कुमारी गुरुङ्गले रेडियो जननीले महिलाहरुको आवाज मात्रै नउठाइकन आफूमा रहेका सीप र क्षमतालाई उजागर गर्ने अवसर समेत दिइ रहेको बताइन । आर्दश समाज दैनिककी व्यवस्थापक दुर्गादेवी बास्तोला र सत्याग्रह संघर्ष समिति पोखराकी सचिव पुष्प राना घलेले महिलाहरुले चाहे हरेक कुरा गर्न सक्छन् भन्दै हजार वाट स्तरोन्नती सँगै रेडियोको जिम्मेवारी र उत्तरदायित्व बढेकोले यसलाई असल रुपमा बहन गर्न सकोस् भन्दै रेडियोको प्रगतिको कामना व्यक्त गरिन् ।
Post a Comment