0
गोल्डेन न्यूज संवाददाता
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लोडअनलोड ढुवानी इकाई लेखनाथ १३ मजुवाको पहिलो भेला मंगलबार सम्पन्न भयो । भेलाले सन्तबहादुर राना मगरको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा सपना भुजेल,सचिवमा कृष्ण राना मगर, सहसचिवमा विकाश गुरुङ, कोषाध्यक्षमा विनिता बुढाथोकी रहेका छन् । कमिटिको सदस्यहरुमा रमेश गुरुङ, सञ्जय गुरुङ, राजु गुरुङ, कर्ण बहादुर मगर चयन भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व महासचिव तथा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का गण्डकी धौलागिरी उपाध्यक्ष रुद्र बहादुर खत्रीले यातायात मजदुरका समस्याहरुलाई हल गर्न यातायात स्वतन्त्र मजदुर संगठनमा गोलबन्द हुनुपर्ने बताए । संगठनका केन्द्रीय सचिव कर्ण सिंह गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज विष्णु बहादुर पराजुली, युवा संघ नेपाल कास्कीका अध्यक्ष विष्णु पुन, लेखनाथका अध्यक्ष सूर्य कडेल, मिलिजुली समाजका अध्यक्ष गोपाल गुरुङ लगायतका वक्ताले यातायाता मजदुरका समस्याबारे चर्चा गरेका थिए । संगठनका अध्यक्ष सन्त बहादुर राना मगरको अध्यक्षतामा भएको भेलामा १ सय जना यातायात मजदुरको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top