0
गोल्डेन न्यूज संवाददाता
४३ औं विश्व वातावरण दिवसको अवसरममा जनकल्याण समिति युवा विकास उप–समिति सिद्धकालिकास्थान काहुँखोलाको आयोजनामा सिद्ध कालिकास्थान काहुँखोला वरपर वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । जनकल्याण समिति यूवा विकास उपसमितिका पूर्व संयोजक तथा समाजसेवी युवराज त्रिपाठी र जनकल्याण समितिका अध्यक्ष लोकबहादुर कार्कीले संयुक्तरूपमा बृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा वडा नं १३ स्थित आमा समूह, टोल विकास संस्था र स्थानीय वासीहरको बाक्लो उपस्थितिमा  वर पिपल, अशोक, बेलपत्र,  समी, गुल्मर तथा विभिन्न फूलहरु रोपिनुको साथै सरसफाइ पनि गरिएको थियो । पूर्व संयोजक त्रिपाठीले वृक्षारोपण गरिएको विरुवालाई संरक्षण गरि र वडा नं १३ लाई सुन्दर  सफा भनि चिनाउन सवै एकजुट भएर जान जरुरी रहेको बताए । अध्यक्ष कार्कीले सवै मिलेर मात्र वातावरण  सफ राख्न सकिने बताए । हामीले रोपोका विरुवा हुर्काउन सहयोग गरि वातावरण संरक्षण गर्नुपर्नेमा अध्यक्ष कार्कीले जोड दिए । युवा विकास उपसमितिका सल्लाहकार कुमार केसीले आफ्नो घर वरिपरि एउटा विरुवामात्र हुर्काउने हो भने वातावरण स्वत सुन्दर हुनेमा जोड दिए । युवा विकास उपसमितिका संयोजक जयराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विनोदराज आचार्यले स्वागत र उपसमितिका सचिव कृष्ण आचार्यले संचालन गरेका थिए

Post a Comment

 
Top