कास्कीको लेखनाथ नगरपालिका वडा नं. १२ खुदी घर भइ स्थानीय राधाकृष्ण मन्दिर आश्रममा अधिकांश समय बस्दै आएकी ८० वर्षीय भक्ति पाध्या अधिकारीले भुकम्प पीडितलाई १ लाख १ हजार १ सय १ आर्थिक सहयोग गरेकी छन् । उनले उक्त रकम स्ट्याण्डर्ड चाटर्ड बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा बिहीबार जम्मा गरेकी हुन् । धार्मिक एवं सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएकी ८० वर्षीय भक्तिका सन्तान छैनन् । ११ वर्षको उमेरमा विवाह गरेको भएपनि त्यसको एकवर्षभित्रै आफ्ना श्रीमान गुमाएपछि एकल जीवन बिताउँदै आएकी उनले आफ्नो ८०औं जन्मोत्सवको अवसर पारी उक्त रकम सहयोग गरेको भतिजा पर्शुराम पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
वृद्ध अवस्था र त्यसमाथि भुकम्प पीडितहरु सबैले राहत पाउन भन्ने उद्देश्यले प्रधानमन्त्री कोषमा रकम जम्मा गरेको उनले बताइन । मानिस रित्तै जन्मिन्छ र मर्दा पनि उसले केही लिएर जाँदैन त्यसैले आरुनो जीवनको उत्तराद्र्धमा पीडितहरुलाई केही सहयोग पुगोस् भनेर पैसा दिएको भक्तिले बताइन । जन्मदिनकै अवसरमा उनले अन्य संघसंस्थालाई पनि आर्थिक सहयोग गरेकी छन् ।
स्थानीय राधाकृष्ण मन्दिरका लागि पनि १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ तर अन्य सहयोगका बारेमा उहाँ सार्वजनिक गर्न चाहनुहुन्न पोखरा बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएकी भक्तिकी भतिजीबुहारी शिशुकला पौडेल पराजुलीले भनिन् ।
गास र बास नपाएका भुकम्प पीडित हरुलाई सानो सहयोग गरेको भन्दै भक्ति पाध्याले धार्मिक तथा शैक्षिक संस्थामा गरेको सहयोगका बारेमा भने बताउन चाहिनन् । मैले भुकम्प पीडितलाई दिएको सानो सहयोग पनि बाहिर प्रचार गर्न चाहेकी होइन । तर भदाहरुले अरुलाई पनि प्रेरणा मिल्छ भनेकोले भुकम्प पीडितको सहयोगका बारेमामात्र समाचार लेखिदिन उनले आग्रह गरिन । भक्ति मायाले स्थानीय त्रिभुवन शान्ति माविको निर्माणका साथै खानेपानी र बाटोघाटो मर्मत जस्ता काममा पनि सहयोग गर्दै आएकी छन् ।
Post a Comment