गोल्डेन न्यूज संवाददाता
पोखरा २४ वैशाख ।
भुकम्पका कारण घाइते र पीडित भइ पोखराको नयाँबजार स्थित तमुधिंको कार्यालयमा आश्रय लिइरहेकाहरुलाई बिहीबार रामानन्दचार्य सेवापीठ अन्तर्गत सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले भोजन गराएको छ । त्यहाँ रहेका वृद्ध, युवा र बालबालिकाहरु गरि करिब ८० जनालाई केन्द्रको तर्फबाट बिहान र बेलुकाको खाना तथा खाजा समेतको व्यवस्था गरिएको थियो । भोजन व्यवस्थापन समितिका संयोजक धर्मराज बराल भोलाका साथै संस्थाका कोषाध्यक्ष तोयराज अधिकारी, सचिव वीरबहादुर गुरुङ र सदस्यहरु मिलन रायमाझी, मनकाजी गुरुङ, मदन खनाल, शुक्रराज शर्मा र हरि ढुङ्गाना लगायतले खाना खुवाउने काममा सहयोग गरेका थिए । भुकम्पका परेका कारण पीडित भएकाहरुलाई सकेसम्मको मानवीय सहयोग गर्ने लक्ष्य अनुरुप एकदिनको सम्पूर्ण खानेकुराको प्रवन्ध गरिएको संयोजक बरालले बताए ।
यसैगरी भूकम्पमा परेर घाईते भई उपचारका लागि पोखराका विभिन्न अस्पतालमा ल्याईएकाहरु मध्ये अस्पतालबाट डिस्चार्ज भएका केहिलाई पोखरा १७ बिरौटा स्थित बाल हितकारी परियोजनामा रहने व्यवस्था गरिएको छ । अस्पतालबाट डिस्चार्ज भई हितकारी परियोजनामा बसेका घाईतेहरुलाई रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले बिहीबार खाना खुवाएकी छन् । आप्mनो र आफ्नो आमाको जन्म दिनको अवसर पारेर परियोजनामा रहेका ७० जनालाई खाना खुवाईएको भट्टराईले बताइन । परियोजनामा गोरखाका घाइतेहरु रहेका छन् । बाल हितकारी परियोजना नेपालका आशा स्वास्थ्य सेवा कार्यक्रमको सुपरभाईजर सुशिल केसीले घाइतेहरुको मात्रै संख्या ४८ जना रहेको र अन्य उनीहरुका कुरुवा र आफन्त रहेको बताए ।
यसैगरी पोखरा ११ फूलबारीका समाजसेवी आमा दिदी बहिनीहरुले महाभूकम्पमा परी अस्पताल भर्ना भएका घाइते र तिनीहरुका कुरुवालाई एक छाक खाना खुवाएका छन् । उनीहरुले मणिपाल शिक्षण हस्पिटल पोखरामा उपचार गराईरहेका घाइते र उनीहरुका कुरुवालाई एक छाक खानाको प्रबन्ध गरेका हुन् । स्थानीय शारदा बास्तोलकाको संयोजनमा र सिता बास्तोला, रेवती बास्तोला, सरस्वती भण्डारी, रजनी बास्तोला, राधिका पौडेल, दुर्गा बास्तोला, विमला बास्तोला, पार्वती बास्तोला र उमा बास्तोलाको अगुवाइमा त्यहाँका आमा दिदि बहिनीहरुले खाना खुवाएका हुन् ।“ विभिन्न पत्रपत्रिका, टेलिभिजन र एफएम रेडियोहरुमा विभिन्न संघ सस्थाहरुले सहयोग गरिरहेको पड्दा, देख्दा र सुन्दा हामीहरुलाई पनि केही गर्नुपर्छ भन्ने मनमा लाग्यो ।” संयोजक शारदा बास्तोलाले भनिन्,–“हामी सवै महिला दिदि बहिनीहरु मिलेर खाना खुवाउन आएका हौं ।” उनका अनुसार अस्पतालमा उपचार गराईरहेका भूकम्पबाट घाइते ५० जना र उनीहरुका कुरुवा सहित १३० जनालाई विहीबार बेलुकाको खाना खुवाइएको हो । सुरुमा स्थानीय दिदिबहिनी मिलेर आँफै खाना बनाएर खुवाउने सोच बनाएकोमा त्यो सम्भव नभएपछि कुपन प्रदान गरेर त्यसैका आधारमा क्यान्टिनमा खाना खुवाउने ब्यवस्था मिलाईएको राधिका पौडेलले जानकारी दिइन् । आमा दिदि बहिनीहरुले अस्पतालका विभिन्न वार्डहरुमै पुगेर उपचार गराईरहेका घाइते र कुरुवालाई खानाका लागि कुपन प्रदान गरेका थिए । स्थानीय आमा दिदीबहिनी हरुले सुरुमा उठाएको दाल, चामल र तरकारी भूकम्प प्रभावितलाई प्रदान गरिने समेत उनीहरुले वताएका छन् ।
यसैगरी गत बैशाख १२ गते गएको विनासकारी भुकम्पबाट घाइते भई पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई मासबार आमा समूहले दिउँसोको खाजा खुवाएको छ । मासबार आमा समूहकी अध्यक्ष टिकादेवी अधिकारीको संयोजकत्व मा गएको टोलीले उपचारारत विरामी तथा कुरुवाहरु गरी १ सय ३० जनालाई खाजा खुवाइएको हो । खाजाको लागि आवश्यक पर्ने रकम मासबार आमा समूहका सदस्यहरुले सहयोग गरेका थिए ।

Post a Comment