0
गोल्डेन न्यूज संवाददाता
पोखरा २४ वैशाख ।

वैशाख १२ गतेको महाभुकम्पमा परि पीडित भएकाहरुका लागि सहयोग गर्न विभिन्न व्यक्ति तथा संस्थाहरु सक्रिय भएका छन् । देशभित्र र बाहिरबाट पनि भुकम्प पीडितका लागि आर्थिक एवं अन्य किसिमको सहयोग आउनेक्रम जारी छ ।

 यसैक्रममा पोखराको चिप्लेढुङ्गमा कार्यालयको एभरेष्ट सहकारी संस्था लि.ले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा बिहीबार एक लाख १ हजार जम्मा गरेको छ । संस्थाका अध्यक्ष शालिग्राम भट्टराईले नेपाल बंगलादेश बैंकमा रहेको कोषको खातामा उक्त रकम जम्मा गरिएको र सहकारी दैवी प्रकोप राहत कोष राष्ट्रिय सहकारी बैंकमा पनि  सात हजार रुपैयाँ गरि एकलाख आठ हजार रुपैयाँ भुकम्प पीडितका लागि सहयोग गरेको जानकारी दिए । आठ सय ४ जना शेयर सदस्य र १ करोड ७४ लाख चुक्ता पुँजी रहेको उक्त सहकारीले भुकम्प पीडितहरुलाई राहत वितरणमा पक्षपात नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कोषमा रकम जम्मा गरिएको सहकारीका प्रमुख भरतराज पौडेलले बताए । अहिले पीडिहरुलाई आफै पुगेर राहत दिने नाममा अनावश्यक खर्च हुने गरेको र कतिपय पीडितहरुले बढी र कतिपयले राहत नपाउने अवस्था रहेकोले सरकारले समानुपातिक रुपमा राहत वितरण गरोस् र पीडितलाई सुविधा देवस् भन्ने उद्देश्यले कोषमा रकम जम्मा गरिएको उनले बताए । सहकारीले अहिलेको विषम परिस्थितिमा सबै क्षेत्र र तहबाट राष्ट्रलाई सक्दो सहयोग पु¥याउन सबैसंग आग्रह गरेको छ ।
     यसैगरी कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धादिङको मूलपानी गाविसका भुकम्प पीडितहरुलाई झण्डै तीन लाख बराबरको राहत सामाग्री प्रदान गरेको छ । संस्थाको नेतृत्वमा शेयर सदस्य, कर्मचारी, कुँडहर समाज सेवा समिति, कुँडहर आमा समुहबाट संकलित दुई लाख ९२ हजार तीन सय ३० रुपैयाँ बराबरको राहत सामाग्रंी प्रदान गरिएको हो । सहकारीका अध्यक्ष रिबबहादुर थापा नेतृत्वको टोलीले भुकम्प प्रभावित जिल्ला धादिङको मूलपानी गाविसका भुकम्प पीडितहरुका लागि गाविस सचिव टंक पन्थीलाई राहत सामाग्री हस्तान्तरण गरेको थियो । राहत सामाग्रीमा एक सय ९० बोरा चामल, दाल १० बोरा, नून २ बोरा र साबुन १ कार्टुन रहेको संस्थाका सचिव बद्रिनाथ घिमिरे र सदस्य गोमा रायमाझीले जानकारी दिए । 
    यसैगरी पोखराको चिप्लेढुङ्गा स्थित सुदेश इम्पोरियमको संयोजकत्वमा गोरखाको बुङ्कोट देउराली गाविस वडा नं. ३ र ४ का १ सय ५१ जना भुकम्प पीडित घर परिवारलाई राहत वितरण गरिएको छ । सुदेश इम्पोरियमका संचालक गणेश श्रेष्ठले दिएको जानकारी अनुसार न्यूरोडको प्रशान्ति इन्टरप्राइजेज, रामबजारका वद्रीनारायण र श्यामकुमार राजभण्डारी, दरबारथोकका अमृत थकाली र रानीपौवाका कृष्ण राइसमिल मिलबाट प्राप्त भएको राहत सामाग्रीमा चामल, दाल मसला, चाउचाउ, त्रिपाल, फलफूल, कपडा र औषधि गरि करिब ४ लाख मूल्य बराबरको रहेको छ ।
       यसैगरी भुकम्प पृथ्वीचोक ९ पोखरा मलमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि ले राहत सामग्री वितरण गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष रामवावु खड्काका अनुसार भुकम्पबाट प्रभावित भएको नुवाकोट जिल्लाको तारुका गाविस–९ कौछिनीमा भुकम्पले प्रभावित भएका ९७ घर धुरीलाई पीडितको घरमा पुगेर राहत सामग्री बाड्नुका साथै निःशुल्क स्वास्थ्य शिविर गरेको छ । भुकम्प पीडितको सहयोगार्थ संस्थाले छुटाएको २ लाख संस्थाबाट संकलित १ लाख ५० हजार बराबरको कपडा खाद्यन्न तथा ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौं, लेखनाथ सामुदायिक लायन्स अस्पताल, कस्सेप्ट मेडिकल कन्सर्न, खुशि आयुर्वेद भवन, पृथ्वीचोक पोखरा लगायतको सहयोगमा स्वास्थ्य शिविर संचालन गरी करिब ५ लाख वरावरको त्रिपाल, खाद्यन्न, कपडा, औषधि वितरण गरिएको संस्थाका कोषाध्यक्ष शुक्रराज कडेंलले जानकारी दिए । संस्थाका अध्यक्ष रामवावु खड्का, सचिव नविनकिरण भुसाल, सहसचिव राधिका योगी, कोषाध्यक्ष शुक्रराज कडेल, ऋण उपसमिती संयोजक सुवास ढुगाना, लेखा सुपरिवेक्षण संयोजक मञ्जु पौडेल भट्टरई पौडेल, सदस्य डम्मर क्षेत्री, कर्जा व्यवस्थापक अनिल सुवेदी, वजार व्यवस्थापक सन्तोष पराजुली, सहितको टोलीले पिडित भएको ठाउँमानै पुगेर राहत सामग्री वितरण गरिएको संस्थाका सचिव नविनकिरण भुषालले जानकारी दिए ।
      यसैगरी नेपाल रेडक्रस सोसाइटी अर्मला उपशाखाले भूकम्प पीडितका लागि संकलित राहत रकम कास्की जिल्ला रेडक्रसलाई हस्तान्तरण गरेको छ । बिहीबार भएको एक कार्यक्रमका बीच अर्मला उपशाखाका सभापति रेशमलाल आचार्यले कास्की जिल्ला रेडक्रसका मन्त्री कृष्णप्रसाद तिमिल्सिनालाई राहत रकम ७५ हजार ५ सय ५० रुपैयाँ हस्तान्तरण गरे । राहत रकमसहित जिन्सीका रुपमा एक बोरा चामलसमेत हस्तान्तरण गरिएको थियो । उपशाखाका सभापति रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव दुर्गादत्त आचार्यले गरेका थिए ।
      यसैगरी बनजंगलमै रमाउने चेपाङ जाति पनि विनाशकारी भुकम्पले प्रभावित बन्यो । ओत लाग्ने थलो ढल्यो । अन्नपात त मनग्गे थिएन, बासकै लागि उनीहरुको अनुरोध अनुसार सहयोगी संघसंस्था राहत संकलनमा जुटेका छन् । गत वैशाख १२ गतेको महाभुकम्पले प्रभावितहरुका लागि विदेशमा रहेका विद्यार्थीहरुले पनि राहत संकलन गरी पठाईरहेका छन् । अध्ययन तथा कामका लागि विदेशमा रहने युवाहरुले आफ्ना साथीभाइसँग भएको रकम जम्मा गर्दै भुकम्प पीडित सहयोगार्थ पठाएका छन् । युकेका अनिल श्रेष्ठ, विक्रम खत्री लगायत नेपाल, भारतका विद्यार्थीबाट संकलित ३० हजार रुपैंया चेपाङहरुका लागि प्रदान गरिएको छ । पोखरा १७ छोरेपाटन स्थित शितलचौतारी टोल विकास संस्थाले धादिङको पेडा गाविस वडा नं. ४ स्थित चेपाङ बस्तीका लागि टिन जस्तापाता लैजाने भएपछि सो रकम संस्थालाई हस्तान्तरण गरिएको हो । स्वतन्त्र पत्रकार संघ, नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संस्थाका अध्यक्ष ईश्वरीप्रसाद लम्साललाई सो रकम हस्तान्तरण गर्दै सही स्थानमा सहयोग गर्न लागेकोमा खुशी व्यक्त गरे ।
       यसैगरी कास्कीको लेखनाथ स्थित प्रगतिशील महिला समूहले भुकम्प प्रभावितहरुको सहयोगार्थ स्थानीयस्तरमा राहत सामग्री संकलन गरी जिल्ला दैवी प्रकोप उद्दार समित कास्कीमा बुझाएको छ । लेखनाथ १२, ढुंगेपाटनस्थित महिला समूहका सदस्यहरुबाट संकलित ४ सय किलो चामल, २ सय किलो आलु र १ कार्टुन चाउचाउ समूहका तर्फबाट अध्यक्ष इन्दिरा तिवारीले पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका रामजीप्रसाद कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।
      यसैगरी पोखराको खेलकुद क्षेत्रमा कृयाशिल रहंदै आएको अमरसिंह ब्याइज क्लब एबिसी र तमु समाज सिडनीले गोरखा जिल्लाको भ्याल्चोक गाबिस मिलिम वडा नं २ मा गत बैशाख १२ गते भुकम्पबाट प्रभाबित स्थानियबासी हरुलाई राहत सामाग्री वितरण गरेको छ । तमु समाज सिडनीले संकलन गरेको रकममा एबीसीका स्वयंसेबीहरुको संयुक्क्त पहलमा बितरित राहात सामाग्री मा ब्लाइकेट एकसय १४ थान,म्याट्रेस पांच रोल, ३० केजीको ४० बोरा चामल, दाल तीन सय केजी,तेल एकसय लिटर,नुन एकसय केजी, त्रिपाल १सय थान, साबुन, चाउचाउ, क्याण्डिल, सोलार चार्रजर ३ थान तथा आवश्यक औषधिहरु समेत वितरण गरिएको एबिसीका राजकुमार गुरुङले जानकारी दिए ।
    यसैगरी स्याङ्गजा जिल्ला निर्वाचन क्षेत्र नं.१ अन्तरगतका विभिन्न गाविसमा गत बैशाख १२ गतेको विनासकारी भुकम्पबाट अतिपीडित जनसमुदायलाई नेकपा एमालेका समानुपातिक तर्फका सभासद् डा.गणेशमान गुरुङ्गबाट राहत वितरण गरिएको छ । सो अवसरमा स्याङ्गजाका सेतीदोभानको जुग्ले, पुतलीबजार नपाको वडा नं.११ को चिलाउनेखर्क, रानीथुम्का, दरौं, पञ्चमूल, ठूलाडिही, टक्सार, बहाकोट र कोल्मको कल्खुमा गरी ३ सय ८५ थान ब्ल्याङ्केट वितरण गरिएको थियो । उक्त अवसरमा सभासद् गुरुङ्गले महाभुकम्पबाट पीडित जनताको घरदैलोमा पुग्दा राहतको चिनो स्वरुप चराइरहेको घाउमा थोरै भएपनि मल्हम लगाउनको निम्ति व्यक्तिगत खर्चबाट आफूले उक्त राहत वितरण गरेको बताए । साथै जनताको वर्तमान पीडा समाधानको निम्ति आफूले सदनमा जोडतोडका साथ आवाज बुलन्द पार्ने समेत बताए । राहत वितरण कार्यक्रममा नेकपा एमालेका स्याङ्गजा जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङ्ग, केन्द्रीय सदस्य सीता सुन्दास, नारायण मरासिनी, सिमा क्षेत्री, शर्मिला पौडेल, पञ्चमूल पोखरा सम्पर्क समाजका अध्यक्ष लालकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।
      यसैगरी      गत बैशाख १२ गते गएको भुकम्पले प्रभावितलाई फेदीखोला  रेडक्रस उपशाखाले गोरखामा १ लाख २० हजार बराबरको राहत वितरण गरेको छ । उपशाखाले गोरखा जिल्लाको भुकम्प प्रभावित गाविस मिर्कोट गाविसको वडा नं ४,५,६,७,८ र ९ नंबर वडामा राहत वितरण गरेको हो । राहत टोली भुकम्प प्रभावित क्षेत्रमै गएर वास्तवित पिडितहरु र पिडितहरुको पकृति हेरेर राहत वितरण गरेको जनाएको छ । राहत टोलिले भुकम्प पिडितहरुलाई प्रति पीडित एक थान पाल, बलाङ्केट, १० केजी चामल, २ केजी चिउरा, एक कार्टुन चाउचाउ, एक पोका तोरीको तेल, नुन, एउटा बाल्टी, जग र पाल बाध्ने डोरी वितरण गरेका हो ।      राहत वितरण टोलिमा फेदीखोला रेडक्रस उपशाखाका अध्यक्ष लेखनाथ पराजुली, नेकपा एमाले युवा नेता घनश्याम सुवेदी, रेडक्रश उपशाखा सचिव दिवाकर सुवेदी लगायतको हातबाट राहत सामग्री वितरण गरिएको थियो ।
       यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा १०,११ को समन्वय र व्यवस्थापनमा ठाँटी नेपाली समाज युकेले गोरखा जिल्लाको हरमटारी आले गाँउ वडा नं. ६ का ५५ घर परिवारलाई राहत वितरण गरेको छ । उपशाखा १०,११ का सभापति सम्मरबहादुर श्रेष्ठको नेतृत्वमा आले गाँउमा पुगेको टोलीले आलेगाँउ टोल विकास संस्थाका अध्यक्ष मदनबहादुर आले, आलेगाँउ महिला विकास समुहका अध्यक्ष पुर्णा आले, समाजसेवी सनकबहादुर राना, खानेपानी विकास समितिका अध्यक्ष कृष्णबहादुर थापाको उपस्थितिमा ५५ घर परिवारका २५० जनालाई त्रिपाल, ५९ ब्लाङ्केट, ५० गुन्द्री गरि १ लाख ४५ हजार बराबरको सामाग्री वितरण गरेको हो । आले गाँउमा रहेको ४२ घर पुर्ण रुपमा क्षती भएको र अन्य घरहरु क्षतिग्रस्त रहेको उपशाखा १०, ११ का राहत वितरण समितिले निरिक्षण गरी राहत वितरण गरेको उपशाखा १०,११ का सदस्य शोभा कुँवरले जानकारी दिए । राहत वितरण कार्यमा ठाँटी नेपाली समाज युकेका अध्यक्ष सनमन गुरुङ, सदस्य विष्णु राना लगायका सदस्यहरुद्वारा युकेमा संकलित रकम उपशाखा १०, ११ मार्फत सरोज रानाको पहलमा गोर्खा आले गाँउमा वितरण गरिएको हो । राहत वितरण कार्यक्रम उपशाखा १०, ११ का युवा समिति र महिला उपसमितिका सदस्य धनमाया गुरुङ, मदनबहादुर आले, सनकबहादुर राना, र पुर्णा आले लगायतकाले युकेदेखि गाँउ सम्म राहत पुर्याई सहयोग गरेकोमा उपशाखा १०,११ र समस्त सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए भने वितरण कार्यक्रमको संचालन उपशाखा १०,११ का सचिव सूर्यबहादुर बानियाले गरेका थिए । उक्त टोलीले गोर्खाको लुईटेल बजारमा वितरण र रेडक्रस सोसाईटी पालुङटार उपशाखामा समेत राहत सामग्री हस्तान्तरण गरेको सभापति सम्मरबहादुर श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
      यसैगरी सड फाउण्डेशन कास्कीले धादिङ्ग जिल्लाको सुनौला नगरपालिकाको वडा नं ७ पिपलछापमा रहेको दलित वस्तीमा भुकम्पवाट पिडितलाई राहत वितरण गरेको छ । विहीवार धादिङ्ग पुगेको टोलीमा सिड फाउण्डेशन कास्की, होटल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथ र अञ्चल प्रहरी कार्यलय भैरहवाका प्रमुख गणेश केसीले सयुक्त रुपमा वितरण गरेका छन् । उनीहरुले करीव २ लाख वरावरको खाद्यन्न, टेन्ट लत्ता कपडा लगायतका सामान वितरण गरेको सिड फाउण्डेसन कास्कीका नवराज अधिकारीले जानकारी दिए । लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष दुर्गाप्रसाद अधिकारी,  फाउण्डेसनका निर्देशक दामोदरभक्त थापा, उपाध्यक्ष रामचन्द्र नेपाली, सचिव  हरिप्रसाद घिमिरे, सहसचिव शिवप्रसाद घिमिरे, कोषाध्यक्ष सुुशिला गुरुङ्ग, त्यस्तै सदस्यहरु मदन थापा, ज्ञान व गुरुङ्ग लगाएतको उपस्थीतीमा राहत वितरण वितरण गरेका थिए । उक्त वस्तीमा अत्यन्त दुख रहेको र करीव ६५ वटा घरमा भुकम्पले क्षती हुँदा सरकारले समेत त्यस क्षेत्रमा ध्यान नदिएको स्थानीय जानकारी दिए ।

Post a Comment

 
Top