गंगाधर पराजुली

पोखरा २४ वैशाख ।
गोरखाको लाप्राकका इमानसिंह गुरुङ उमेरले ८० वर्ष पुगे तर अहिलेसम्म पनि उनले आफ्नो उपचारका लागि न त डाक्टर न त अस्पताल नै देखेका थिए । यसमाथि औषधि सेवन गर्ने भन्ने कुरा त कल्पना बाहिर रह्यो । १९ वर्षको उमेरमा उनको देव्रे आँखा पातीको बोटले घोचेको र अन्य कुनै उपचार नगरेकोले होला उनको एउटा आँखा गुमेको छ । दुई छोराका पिता इमानसिंहलाई आफ्नो गाउँ लाप्राक अत्यन्त प्यारो लाग्छ । त्यसैले उनी गाउँ छोडेर टाढा जानपनि चाहन्नन् । तर यसपटक इमानसिंहले घर छोडेको १० दिन बितिसकेको छ । अझैपनि गाउँ फर्किने कहिले ? भन्ने निश्चित छैन ।
वैशाख १२ गतेको महा भुकम्पका बेला गाउँको खुल्ला चौरमा गाइवस्तु चराउँदै गरेका इमानसिंह डाँडाबाट पहिरो सहित खसेका ढुङ्गाबाट झण्डै बच्न सफल भए । उनको गोरु भने सोही ठाउँमा ढुङ्गाले लागेर म¥यो । झण्डै ८० वर्षीय इमान सिंहको भने देव्रेहातमा गम्भीर चोट लाग्यो । भुकम्पको पहिलो धक्का रोकिएपछि स्थानीयले उनलाई भत्किएको घर नजिकै खुला चौरमा राखेर घरेलु उपचार गरे । गाउँलेको रुवावासी र कोलाहलका बीचमा इमानसिंह सहित केही महिला, केही वालबालिका र वृद्धहरु समेत घरेलु उपचार गर्दै दिन बिताउँदै थिए । उनीहरुलाई गाउँमा कोही आउला र उपचार गरिदिएला भन्ने आशा समेत थिएन । आकाशमा हेलिकोप्टरहरु घुमिरहेका देखिन्थे । यसैबीचमा १५ गते दिउसो केही सेना र प्रहरी एक्कासी इमानसिंह नजिक पुगे र उनलाई समात्न खोजे । सेना प्रहरीको ठूलै संख्या आफूहरु बसिरहेको ठाउँमा देखेपछि अचम्ममा परेका इमानसिंहलाई उनीहरुले समातेपछि झनै आश्चर्य लाग्यो । सेना प्रहरीले सामान्य रुपमा हेर्दा नै उनको हातमा चोट लागेको र भाँचिएको अनुमान गरेपछि हतार–हतार भाचिएको ठाउँमा व्याण्डेज लगाइदिए र उनलाई बोकेर हेलिकोप्टरमा पु¥यायो । त्यसपछि अन्य घाइतेहरुलाई पनि राखेर हेलिकोप्टर उड्यो । उक्त हेलिकोप्टर पोखरा विमानस्थलमा अवतरण भयो । पोखरामा हेलिकोप्टर रोकिएपछि मात्र इमानसिंहले अरुसंग सोधे हामीलाई किन र कहाँ ल्याएको ? त्यसको जवाफ आयो–‘उपचारका लागि पोखरामा ल्याएको हो ।’
आकाशमा उडेको जहाजमात्र देखेका इमानसिंहलाई आफै आकाशमा हेलिकोप्टरमा उडेर उपचारका लागि जानुपर्छ भन्ने कल्पनासम्म थिएन । तर सरकारी सुविधाको उपभोग गर्दै उनीसहित धेरै लाप्राक र बारपाकका वासिन्दा हरुको उद्धार सेना र प्रहरीले गरेपछि धेरै घाइतेहरुको उपचार सम्भव भएको छ । हाल पोखराको नयाँबजारस्थित तमुधिंमा आश्रय लिइरहेका इमानसिंहले बिहीबार बिहान गोल्डेन न्यूजसंग आफूलाई धेरै सहयोग प्राप्त भएकोले आफू ऋणि बनेको भन्दै गुनासो गरे । ‘मैलेमात्र नभइ यहाँ रहेका सबै जनाले खानेकुरा, कपडा र पैसा समेत थापेको (लिएको) छौं । त्यसैले मैलेपनि धेरै भार (ऋण) बोकेको छु । अब यो भार मैले कसरी तिर्ने ?’–उनको प्रश्न थियो । जीवनको उत्तराद्र्धमा आइपुगेका इमानसिंहले आफूलाई गरेको सेवा र प्राप्त गरेका सामानलाई ऋण जस्तै सम्झेर कसरी यसलाई चुक्ता गर्ने भनि आफ्नो इमान्दारिता दर्शाउँदा त्यहाँ रहेका अन्य सर्वसाधारण समेत छक्क परेका थिए ।
जन्मेदेखि भीरपाखा र गाउँबस्तीमा हिंडडुल गरेको भएपनि उनले अहिलेसम्म जुत्ता त के चप्पल समेत लगाएका थिएनन् । तर यसपटक भारतीय सेनामा कार्यरत जेठो छोरा एक महिनाको छुट्टी लिएर पोखरामा आफूलाई भेट्न आएपछि छोराले चप्पल लगाउन दवाव दिएको उनले बताए । छोराले चप्पल किनेर ल्याइदियो अनि जसरी पनि लगाउनुस् बानी पर्छ भनेपछि एकसाता देखि उनी चप्पल लगाउने भएका छन् । ‘शुरुमा कि त जमिनमा ठोकिने कि त फुत्किेने हुन्थ्यो, अहिले अलि सजिलो भएको छ’–उनले भने । कान्छो छोरा कतारमा रहेकोले छिट्टै घर फर्किने आशा उनको छ । आफ्नै टोलका १० जना जतिको मृत्यु भएको र अन्य धेरै घाइते भएको इमानसिंहको गाउँ अन्य स्थानमा जस्तै खण्डहरुमा परिणत भएको छ । त्यसैले जन्मेदेखि नै गाउँलाई प्यारो मान्दै आएका इमानसिंहले भने–‘अब गाउँ फर्किएपनि कहाँ बस्ने ठेगान छैन । कतै घर बनाउँ भनेपनि डाँडा समेत चर्किएर खस्ने अवस्थामा छ ।’ उनका अनुसार ठूलो वर्षा भयो भने गाउँमाथिको डाँडा खस्ने सम्भावना छ ।
हाल इमानसिंह जस्ता करिब ८० जनाले तमुधिंको कार्यालयमा आश्रय लिइरहेका छन् । कहिलेकाहीं आश्रय लिनेहरुको संख्या घट्वढ हुन े गरेको छ । आश्रय लिएका सबैलाई विभिन्न संघसंस्थाको तर्फबाट खाना एवं अन्य राहत सामाग्रीको प्रवन्ध गरिएको कारण त्यहाँ बसेका सबै भुकम्पपीडित अन्यत्र भन्दा खुशी देखिन्छन् । तमुधिं नेपाल अन्तर्गतको महिला समितिका अध्यक्ष हरिमाया गुरुङका अनुसार भुकम्प पीडितहरुलाई भेट्न आउने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले समेत अन्य स्थानको भन्दा तमुधिंमा व्यवस्थापन राम्रो भएको प्रतिक्रिया दिएका छन् । हरिमाया स्वयं पनि बिहानदेखि बेलुकासम्म नै घाइते र पीडितहरुसंग बसेर समय बिताउँछिन् । रामानन्दचार्य सेवापीठ सिद्धमहायोग ध्यान साधना केन्द्र पोखराले बिहीबार त्यहाँ रहेका भुकम्प पीडितलाई भोजनको व्यवस्था गरेको बताउँदै गरुङले भनिन्–‘हरेक दिन विभिन्न संस्थाले यहि किसिमबाट सेवा दिइरहेका छन् ।’ ८२ वर्षपछि आएको विनानशकारी भुकम्पका कारण नेपालका विभिन्न जिल्लामा करिब ८ हजारको मृत्यु भैसकेको र करिब ४ लाख घरमा क्षति पुगेको छ ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम

Post a Comment