यहि वैशाख १२ गते शनिबार नेपालमा गएको महाविनाशकारी भुकम्पका पीडितहरुको उद्धार तथा उनीहरुका लागि राहत वितरण कार्य शनिबार पनि जारी रह्यो । विभिन्न निजि, सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुले उद्धार र राहत वितरण मुलुकका विभिन्न स्थानमा गरे । यसैक्रममा राप्रपा नेपाल कास्कीले गोरखाको बोर्लाङ्गमा राहत वितरण गरेको छ । टोलीले राहत सामाग्री गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रहरी प्रमुख अर्जुनचन्द्र अधिकारीको रोहवरमा राप्रपा नेपालका केन्द्रीय सदस्य रमेश बहादुर भट्टराई र जिल्ला अध्यक्ष जयलाल पुनले राहत सामाग्री हस्तान्तरण गरेका थिए । टोलीले ४० बोरा चामल, १ सय ५० कार्टुन चाउचाउ र ८ बोरा नुन प्रभावित बासिन्दाहरुलाई हस्तान्तरण गरेको राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बास्तोलाले जा यसैगरी पोखराको नयाँबजारमा रहेको कुँवर नयन ग्रुप अन्तर्गत कुँवर ब्रदर्श एण्ड सन्सले गोरखाकैे विकट बस्तीका १५ परिवारलाई राहत सामग्री वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत महाभूकम्प पीडित बनेका चैनपुर र केराबारीका १५ परिवारलाई राहत सामग्री वितरण गरेको ग्रुपका अध्यक्ष चन्द्र कुँवरले जानकारी दिए । भूकम्प पीडितका लागि त्रिपाल, कम्बल, म्याट्रेस, नुन, सावुन, चाउचाउ, पानीलगायतका राहत सामग्री शुक्रबार वितरण गरिएको हो । आफ्नै हातबाट भूकम्प पीडितलाई राहत सामग्री बाँड्नका लागि पोखराबाट गोरखाको विकट गाउँसम्म पुगेको निर्देशक लता थापाले बताइन् । केराबारी, चैनपुरलगायतका ग्रामीण बस्तीहरुमा प्राय घरहरु भूकम्पबाट क्षति भएर बस्न नहुने अवस्थामा छन् । घरहरु क्षतिग्रस्त भएर बारीमा बस्नुपरेको स्थानीय समाजसेवी गोविन्द गुरुङले बताए । ‘सबै घर क्षतिग्रस्त भएपनि त्रिपाल लगायतका राहत सामग्री आवश्यकता अनुसार पाउन सकिएको छैन,’ उनले भने,–‘सुगम स्थलमा पर्याप्त राहत आएपनि ग्रामिण तथा विकट बस्तीमा राहत पुग्न सकेको छैन ।’यसैगरी गोरखाका पीडितहरुका लागि थ्री एन्जल्स नेपालले सहयोग गर्ने क्रम जारी नै राखेको छ । संस्थाले शनिबार ८ लाख ५० हजार बराबरका ५ सय ३२ थान त्रिपाल सहयोग गरेको छ । राहतमा खटिईरहेको नेपाल रेडक्रस सोसाईटी कास्कीलाई संस्थाका निर्देशक डा. राजेन्द्र गौतमले त्रिपाल हस्तान्तरण गरेका थिए । हस्तान्त्ररण गरिएका सबै त्रिपाल शनिबार नै गोरखा पठाईएको नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति बामदेव ढुंगानाले जानकारी दिए ।यसैगरी गोर्खा सदरमुकामबाट झण्डै ४ घण्टा मोटरबाटोबाट पुग्न सकिने देउराली गाविस ६÷७ र ८ नम्बर वडाका स्थानीयलाई लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले राहत वितरण गरेको छ । झण्डै ३० घरधुरी रहेको उक्त स्थानमा आवश्यक त्रिपाल, ३० बोरा चामल, ३ बोरा दाल, ३ बोरा दाल र ५ कार्टुन तेलका साथै ओछ्याउने म्याट लिएर उक्त गाउमा पुगेको लायन्स क्लव अफ युनाइटेड चौतारीका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । यसैगरी पोखराको सिर्जनाचोकमा प्रधान कार्यालय रहेको सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाले हालै गएको महाभूकम्पबाट पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ हजार प्रदान गर्ने निर्णय गरेको छ । कर्मचारीको एक दिन बराबरको तलब, सञ्चालक समिति, सल्लाहकार र अन्य समितिका संयोजक र सदस्यहरुको एक पटकको बैठक भत्ता र अन्य रकम संस्थाले थपेर सो रकम दिने निर्णय गरिएको जानकारी संस्थाले दिएको छ । संस्थाका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा बसेको बैठकले भूकम्पबाट मृत्यूवरण गरेकाहरुप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा हार्दिक समबेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखरा, नयाँ सडकले महाभूकम्प बाट पीडितहरुको राहत र सहयोगका लागि रु १ लाख प्रदान गर्ने निर्णय गरेको छ । सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले भूकम्पबाट मृत्यू बरण गरेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यता, ली–वर्ड पोखराले बिनासकारी भूकम्पमा परि पिडित बनेकाहरुका लागि आकस्मिक राहत र तथा पुनःस्थापना कार्यक्रम अगाडि सारेको छ । लीबर्डले आफ्नो दैनिक कार्यहरु समेत तत्कालका लागि रोक्दै यो कार्यक्रम अगाडि सारेको हो । लीबर्डले पिडितहरुलाई राहत दिने उद्देश्यले अगाडि सारेको यो कार्यक्रम १ वर्षसम्म चल्ने लीबर्डका कार्यकारी निर्देशक डाक्टर बलराम थापाले जानकारी दिए । २ चरणमा संचालन हुने आकस्मिक राहत तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत अहिले पहिलो चरणमा विभिन्न स्थानमा राहत वितरण भैरहेको उनले बताए । अहिलेसम्म तनहूँको पुर्कोट र छिम्केश्वरी तथा गोर्खाको भूम्लिनचोक गाविसमा तत्कालका लागि आवश्यक परेको त्रिपाल, खाद्य सामाग्री लगायत वितरण गरिएको छ भने धादिङ्गको जोगीमारा र रिगाँउ, दोलखाको नाम्दुङ्ग र जुगु तथा सिन्धुपाल्चोकका २,३ वटा गाविसमा पनि राहत वितरणसँगै पुर्नस्थापनाको काम गर्ने योजना लीबर्डले बनाएको छ । यसैगरी लालीगुराँस एशोसिएशन पोखरा, नेपाल विद्यार्थी संघ कास्की र पोखरा खसी बोका व्यवसायी संघको टोलिले धादिङ्गका जनतालाई पहिलोपटक राहत वितरण गरेको छ । काठमाडौंबाट नजिकै रहेको धादिङ्गमा पोखराबाट गएको ६० जनाको उक्त टोलीले भुमेस्थान गावीसको सिम्ले, मारीमटोल, डाँडागाउँ र लामागाउँका करिब १ सय ५० परिवारलाई राहत बितरण गरिएको हो । उक्त टोलीले पीडित परिवारलाई त्रिपाल, म्याट्रेस, चाउचाउ, चिउरा लगायतका राहत सामाग्री वितरण गरेको हो । स्थानीय बासिन्दाहरुका अनुसार पोखराबाट गएको यो टोलिनै सो क्षेत्रमा राहत लिएर पुग्ने पहिलो टोली हो । भूकम्प आएको यति दिन बित्दा पनि यो क्षेत्रमा कोही पनि राहत बितरण गर्न आएको रहेने लालिगुराँस एशोसिएशन पोखराका कोषाध्यक्ष विशाल गुरुङले बताए ।यसैगरी बिहानी बचत तथा ऋण सहकारीद्वारा ७ लाख बराबरको राहत सामाग्री बिभिन्न जिल्लामा लगि वितरण गरेको छ । संस्थाका सञ्चालक,कर्मचारी शेयर सदस्य तथा सहयोग दाता बाट शुक्रबार बिहानसम्म जम्मा भएको सङकलित रकमबाट एक सय दश घर परिवारको निम्ति कम्मल, लत्ताकपडा, त्रिपाल, म्याट लगायत महिनाको लागि पुग्ने खाद्मान्न वितरण गरको संस्थाका प्रबन्धक टंक अधिकारीले बताए । संस्थाले शुक्रबार नुवाकोट जिल्लाको तारुका गा.वि.स वडा नं. १ को चौतारा गाउँमा प्रहरी हवल्दार छनिलाल यादवको रोहवरमा २० घरधुरीलाई राहत वितरण गरिएको थियो भने शनिबार धादिङ जिल्लाको खाल्टे गा.बि.स वडा न. ६ त्यस्तै धादिङ जिल्लाका जोगीडाडा गा.वि.स वडा न.१ र ६ लगायतमा धादिङ पोखरा सम्पर्क समितिका उपाध्यक्ष केदार अवस्तीको लगायत स्थानीय समाजसेवीको रोहवरमा ९० घरधुरीलाई राहत वितरण गरिएको जहा २० भन्दा बढिको जनाको ज्यान गएको थियो । यसैगरी बाघमारा बचत तथा ऋण सहकारी संस्था लि. र नेपाल रेडक्रस सोसाइटी भरतपोखरी उपशाखाले भुकम्प प्रभावितहरुको लागि संकलन गरेको छ । संस्थाले भरतपोखरीमा चलाएको मुठ्ठीदान अभियानअन्तर्गत संकलित राहत जिल्ला रेडक्रस कार्यालय कास्कीलाई हस्तान्तरण गरेको बाघमारा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । उनका अनुसार चामल ३७ बोरा, तेल ४ कार्टुन, आलु ९ बोरा, चप्पल १ बोरा, काँडो कपडा ७ बोरा, नून ६ बोरा, आटा ३ बोरा, चिनी २ बोरा, चिउरा तथा चाउचाउ २५ बोरा संकलन गरिएको थियो ।यसैगरी वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीले उनीहरुको गाँउमै पुगेर राहत सामाग्रि प्रदान गरेको छ । गोर्खाका धेरै गाँउमा राहत सामाग्री नपुगेको खबरले प्राप्त भएकोले आफूहरुको संस्थाबाट हालसम्म खाद्य सहितको राहत नपुगेको स्थान सिम्जुङ्गमा शुक्रबार राहत वितरण गरीएको संघका अध्यक्ष फडिन्द्र बरालले बताए । भुकम्प प्रभावित करीब एक सय घर परिवारलाई संघका अध्यक्ष फडिन्द्र बरालको नेतृत्वमा गएको २१ सदस्य टोलीले त्रिपाल, चामल, दाल नुन, तेल राहत वितरण गरिएको सचिव गोपाल श्रेष्ठले बताए ।यसैगरी लायन्स क्लव अफ पोखरा आर्दश, पोखरा अपर्ण लामाचौरले गोर्खा जिल्लाको हर्मी गा.वि.स. वडा नं. ६, ८, ९ र पालुङ्गटारको लुईटेलका पीडितलाई बिहीवार राहत सामाग्री वितरण गरेको छ । चाईनामा अध्ययनरत प्रलाद जङ्ग भण्डारी लगायतले संकलन गरेको ७३ हजार ३०९ रुपैयाँ, आर्दशले ५० हजार, अर्पणले २५ हजार, रञ्जना थापा मार्फत एस बिआई बैंकको सहयोग, गुप्तबहादुर के.सि. जैतुन खातुन, प्रकाश थापा, बुद्धिप्रसाद गुरुङ्ग, प्रेम बानिया, प्रिन्स गुरुङ्ग, श्यामबहादुर के.सि. मदनबहादुर के.सि,राजु के.सि आर्टेक प्रा.लि. लगायतले प्रदान गरेको नगद तथा जिन्सी सामनबाट पीडितलाई ४ सय मिटर पि म्याट, ३ सय किलो चिउरा, ३ सय किलो चाउचाउ, १ सय ५० किलो बिस्कुट, ७५ किलो दालमोट, कपडा, चप्पल, २ सय जना पीडितलाई वितरण गरिएको क्लवका सचिव दिनेश भण्डारीले जानकारी दिए । यसैगरी फूलकुमारी महतो मेमोरियल ट्रष्टले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका भुकम्प पीडितलाई खाना खुवाउने भएको छ । अस्पतालमा रहेका पीडित घाईते तथा तीनका कुरुवा तथा आफन्तलाई आइतबार खाना खुवाउने बताइन्छ ।यसैगरी आठ दिन अघि गएको महाभुकम्पमा रहेका पीडितहरुका लागि रोटरी क्लव अफ पोखरा फिस्टेलले कास्कीको भाचोक पुगेर राहत बाँडेको छ । क्लवका अध्यक्ष रमाकान्त वरालको नेतृत्वमा रहेको टोलीले करिब १ लाख ३० हजारको सामाग्री बाँडेको हो । भुकम्प बाट पीडित ३५ घर परिवारलाई टेन्ट, कम्वल, मेट्र«ेस लगायतका सामाग्री वितरण गरिएको रेडक्रसका प्रतिनिधि सुवास सापकोटाले जानकारी दिए । यसैगरी मेरिगोल्ड आवासीय उच्च मा.वि. नयाँगाउँ पोखरा –१५ ले भुकम्प पीडित बिरामी तथा बिरामीका परिवारहरुलाई खाना खुवाउने तथा आवश्यक सामग्री वितरण गरेको छ । १७५ जना बिरामी तथा बिरामीका आफन्तहरुलाई खाना, सुप, जुस, पानी, जाउलो, चाउचाउ तथा महिलाहरुको लागि सेनेटरी प्याडहरु वितरण गरिएको बताइन्छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» भुकम्प पीडितका लागि राहत संकलन तथा वितरण जारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment