0
कास्कीमा शनिबार परेको असिना सहितको पानीले लाखौंको तरकारी तथा फलफूल बालीमा क्षति भएको छ । पोखरा, लेखनाथ र विभिन्न गाउँमा असिनाले चर्किएका घर, पुरिएका सामान र तरकारी खेतिमा समेत नोक्सानी पु¥याएको हो । साथै भूकम्पले घर भत्केर उठिवास भएकाहरुलाई शनिबारको असिनापानीले थप पीडा दिएको छ । घर भत्केर पालमुनि ओत लागेका उनीहरुलाई घनघोर बर्षासँगै ठूलो असिनाले बिचल्ली बनाएको हो । नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति वामदेव ढुंगानाले असिनापानीले भूकम्प पीडितलाई थप समस्यामा पारेको बताए । ‘घरहरु भत्किएर बस्नै नसक्ने भएका छन, कतिपय चिरिएका घरहरु पनि असिनाले गर्दा अव भत्कने अवस्थामा पुगे,’उनले भने–‘पोलेको ठाउँमा खटिरा आएजस्तै भयो ।’ भूकम्पले कास्कीमा २ हजार भन्दा वढि घरहरुमा क्षति पुगेको रेडक्रसले जनाएको छ । कास्कीका गाउँमा धेरै नै घरहरु चर्केर बस्न नमिल्ने भएको जनाउँदै उनले पालको अपुग भएको उनले जानकारी दिए

Post a Comment

 
Top