0
सिद्धार्थ स्मृति क्लव रुपाकोटको आयोजनामा जारी मोहरिया मेला–२०७२ तथा भलिवल प्रतियोगिता मा मंगलवार पाँच खेल सम्पन्न भएको छ । पहिलो खेलमा मुनाल साँस्कृतिक परिवारलाई हराउँदै आयोजक सिद्धार्थ स्मृति क्लव विजयी भयो । दोस्रो खेलमा संगम युवा क्लवलाई पराजित गर्दै हिमदृश्य युवा क्लव विजयी भयो । तेस्रो खेलमा सप्तरंगी युवा क्लवलाई सोझो दुई सेटमा हराउँदै प्रतिभा माछापुच्छ«े युवा क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । यसैगरि बीवाइसी र सेभेन स्टारबीच भएको चौथो खेलमा सोझो दुई सेटमा हराउदै सेभेन स्टार विजयी भयो । अन्तिम खेलामा सोझो दुई सेटमा पराजित गर्दै सहनशिल युवा क्लव अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ । बुधवार एक खेल पहिलो चरण र बाँकी खेलहरु पनि सोही दिन हुने छ । मेलाको समापन पनि बुधवार हुने छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला संयोजक जितबहादुर थापाले जानकारी दिए । साथै उत्कृष्ट सटर, लिफ्टर, खेलाडी र अनुशासित समूहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । ‘खेलकुदद्वारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेला तीन दिन सम्म चल्ने छ । प्रतियोगितामा ११ वटा समुहको सहभागिता रहेको छ । मेलामा सहभागि हुने पाहुनाहरुको लागि होमस्टेको व्यवस्था समेत गरिएको क्लव सदस्य गुमान गुरुङले बताए ।  २५५९ औं बुद्ध जयन्तीको अवसरमा कास्कीको रुपाकोट गाविस स्थित मोहरियामा मेला तथा प्रतियोगिता भएको हो ।

Post a Comment

 
Top