पोखराको सम्पूर्ण पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदले महाभूकम्पको महाबिपत्तिबाट निराश नहुन र पर्यटकको सेवामा तयार रहन सम्पूर्ण पर्यटन व्यवसायीहरु लाई आग्रह गरेको छ । परिषदका अध्यक्ष सोमबहादुर थापाद्वारा मंगलबार जारी विज्ञप्तिमा संकटको यो घडीमा पर्यटन व्यवसायीहरुले, उद्धार र राहत बितरणमा देखाएको सक्रियता एवं धैयप्रति कृतज्ञता ज्ञापन गर्दै स्थिति सुधार नभईञ्जेलसम्म मानवीय सेवामा खट्न समेत आग्रह गरेका छन् ।देशमा महाभूकम्पले सृजना गरेको बिपत्तिले पर्यटन उद्योगमा ठूलो असर गरेको उल्लेख गर्दैैै विज्ञप्तिमा पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन सक्दो छिटो सरकारी तवरबाटै ‘हामी आतिथ्यता प्रदान गर्न सक्षम र तयार छौँ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ । यसका साथै विज्ञप्तिमा तत्कालको लागि पर्यटकहरुलाई आकर्षित गर्न भिसा शुल्क कम गर्ने देखि प्रचारात्मक अभियानलाई तीव्रता दिन पनि परीषदले सुझाएको छ । सुनामीबाट तहसनहस भएको थाइल्याण्डले निकै छोटो समयमा पूर्वाधार निर्माणसहितका काम सम्पन्न गरी पर्यटकहरुलाई सेवा दिन थालेको प्रसंग उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ–‘भूकम्पले मानसिक र भौतिकरुपले क्षति पु¥याए पनि नेपालीहरुको पर्यटकलाई स्वागत गर्ने उत्साहमा कुनै कमी आएको छैन । पोखरा लगायत देशका अन्य पर्यटकीय गन्तब्यहरु पर्यटकलाई सुरक्षित राख्न र सेवा गर्न तयार छन् ।’
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» पर्यटकको सेवामा तत्पर रहन परिषद्को आग्रह
Subscribe to:
Post Comments (Atom)
Post a Comment