विकास बैंक हो भने निलगिरि विकास बैंक ३ जिल्ला कार्यक्षेत्र रहेको ख वर्गको विकास बैंक हो । हाल गरिमा विकास बैंक लिमिटेडको चुक्ता पूँजी ५६ करोड १० लाख रुपैयाँ र निलगिरि विकास बैंक लिमिटेडको चुक्ता पूँजी हाल जारी हकप्रद शेयर समेत १५ करोड रुपैयाँ रहेको छ । दूवै विकास बैंकको चुक्ता पूँजी रु. ७१ करोड १० लाख पुग्ने बताइएको छ । गाभिए पछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड नै रहने र निलगिरि विकास बैंकको लोगो रहने बताइएको छ । गाभिएर बन्न विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर समेत २५ वटा शाखा कार्यालय हुने गरिमा बिकास बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए । गाभिएर राष्ट्रियस्तरको विकास बैंक भइसकेपश्चात बैंकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरु को सन्तुष्टिमा गुणात्मक वृद्धि हुन गई समाजमा बैकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ । दूई विकास बैंकहरु एकआपसमा गाभिएर राष्ट्रिस्तरको विकास बैंकको रुपमा स्थापित भएपछि संस्थाको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि भई संस्थाको समग्र विकास र विस्तार हुने विश्वासका साथ दुवै विकास बैंकहरुका शेयरधनी महानुभाव हरुले साधारण सभामार्फत संचालक समितिलाई दिएको अख्तियारीको उच्च सम्मान गर्दै दुवै विकास बैंकहरु एक आपसमा गाभिई राष्ट्रिय स्तरको विकास बैंक बन्न उपयुक्त एवं आवश्यक छ भन्ने महशुस गरी हामी दुवै विकास बैंकका अध्यक्षहरुले दुई विकास बैंक एक आपसमा गाभिई राष्टिूय स्तरको विकास बैंकको रुपमा स्तरोन्नती गर्ने मुख्य लक्ष सहित एक आपसमा गाभ्ने÷गाभिने सहमति पत्रमा हस्ताक्षर गरेको बताएको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» गरिमा र नीलगिरि विकास बैंक एक हु“दै
Subscribe to:
Post Comments (Atom)
Post a Comment