0
कमा प्रस्तुत हुने सङ्कल्प प्रस्तावमा के–कस्ता विषय समेट्ने भन्नेबारे बुधबार सत्ता साझेदार दलबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई कसरी अघि बढाउने भन्नेबारे कुराकानी भएको थियो । राष्ट्रिय विपत्लाई सम्बोधन गर्ने गरी सङ्कल्प प्रस्ताव तयार गर्नेबारे हिजो प्रमुख तीन दलबीच सहमति भएपछि बुधबार सत्ता साझेदार दलबीच छलफल भएको हो । यद्यपि, बिहीबारको बैठकमा पूर्वसभासद् चक्रबहादुर ठकुरीको श्रद्धाञ्जलिमा शोक प्रस्ताव पारित गरिने भएकाले सङ्कल्प प्रस्ताव पेस नहुने भएको छ । सङ्कल्प प्रस्ताव शुक्रबार बस्ने बैठकमा प्रस्तुत हुनेछ ।  बैठकमा सहभागी नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्पबाट धेरै जनधनको क्षति भएकाले राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई समेट्ने गरी सङ्कल्प प्रस्ताव तयार गर्नेबारे छलफल भएको जानकारी दिए ।नेता देउवाले सङ्कल्प प्रस्तावबारे बिहीबार बिहान पुनः छलफल गरी सबै पार्टी एकताबद्ध भएर प्रस्ताव लैजाने बताए । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सरकार समर्थक राजनीतिक दलबीचको छलफलमा प्रमुख रुपमा सरकारको उद्धार काम मुलरुपमा पूरा भएपछि त्यसको समग्र रुपमा समीक्षा भएको र व्यवस्थापिका(संसद्को बैठकमा प्रस्तुत हुने सङ्कल्प प्रस्तावमा के कस्ता विषयलाई समेट्ने भन्नेबारे कुराकानी भएको बताए । विपत्को अवस्थामा दलहरु एकताबद्ध भएर सामना गर्ने र जनतालाई राहत दिने र पुनःनिर्माणको कामलाई अगाडि बढाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैस्तरका स्रोत परिचालन गर्ने र त्यसका लागि राजनीतिक र कूटनीतिक पहल गर्ने उनको भनाइ छ । रासस

Post a Comment

 
Top