गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित ८ जिल्लामा १ हजार घर बनाउने घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी भूकम्प प्रतिरोधात्मक घर बनाउने घोषणा गरेको हो । ‘संघले भूकम्प प्रतिरोधी एवं पर्यावरणमैत्री घर निर्माण गर्ने तयारी थालेको छ,’ एनआरएनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको लागत करिब ३५ करोड रुपैयाँ हुने प्रारिम्भक अनुमान छ ।’ कुन–कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने विषयमा अध्ययन गर्न एउटा समिति बनाइएको छ । ‘समितिले इन्जिनियर, विज्ञ तथा नेपाल सरकारका प्रतिनिधिहरूसँग छलफल गरी प्रतिवेदन पेस गर्ने छ,’ विज्ञप्तिमा छ, ‘सोही आधारमा हामीले भूकम्प प्रभावित विपन्न तथा आय आर्जनको व्यवस्था नभएका परिवारको छनोट गरी घर निर्माण प्रक्रिया थाल्ने छौं ।’ भूकम्पले पीडितहरूको आत्मविश्वास गुमेकाले उनीहरूको अवसरको खोजीमा बसाइँसराइ गर्ने र दीर्घकालीन समस्या उत्पन्न हुने खतरा रहेको निष्कर्ष निकाल्दै घर बनाउने योजना अघि सारेको संघले उल्लेख गरेको छ । ‘हाम्रो उद्देश्य त्यो ठाउँमा घर बनाउनुमात्र नभएर उहाँहरूलाई गाउँमै बस्न र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिलाउनु पनि हो,’ विज्ञप्तिमा उल्लेख छ । घर निर्माण गर्दा स्थानीय बासीको चाहना, स्थानीय संस्कृति र सम्पदाको सम्मान गर्दै घर तथा समुदायको दिगोपनमा जोड दिइने घोषणा संघको छ । ‘स्थानीय संस्कृतिको समेत प्रवद्र्धन हुने गरी नमुना घरहरू बनाउने गैरआवासीय नेपाली संघको कोसिस रहने छ,’ विज्ञप्तिमा छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» एनआरएनले ८ जिल्लामा १ हजार घर बनाउने
Subscribe to:
Post Comments (Atom)
Post a Comment