0
भुकम्प पीडितलाई सरकारले  राहत वितरण प्रभावकारी रुपमा गर्न नसकिरहेको अवस्थामा पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीले भने धादिङमा पुगेर राहत बितरण गरेका छन् । क्याम्पसमा स्नातक तह मानविकी संकाय दास्रो र तेस्रो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुले सहयोग जुटाएर धादिङको साङ्कोष स्थित आचार्य गाँउमा पुगेर करिब ५० हजार बराबरको राहत बितरण गरेका हुन् । गाँउका २७ घरलाई त्रिपाल, म्याट्रेस, चाउचाउ, चिउरा, स्वयाबिन मस्यौरा लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको बिधार्थी सूर्यबहादुर थापाले जानकारी दिए । गाँउमा २७ घर रहेकोमा पुरै घर भुकम्पका कारण क्षतिग्रस्त भएका छन् । भुकम्प गएको साता दिन भन्दा बढी बितिसक्दा पनि स्नानिय प्रशासन र राजनैतिक दलका नेताको उपस्थिति नरहेको गाँउमा बिधार्थीहरु राहत लिएर पुगेपछि स्नातियले खुसी ब्यक्त गरेको कार्यक्रममा सहभागी सफलता आचार्यले बताएका छन् । राहत संकलन कार्यक्रमलाई पोखरा बहुमुखी क्याम्पस नयाँबजारका शिक्षक शिक्षिका, तमु प्यलु संघ इजरायल र हङ्कङ ब्युटी पार्लर महेन्द्रपुल लगायतले सहयोग गरका थिए ।

Post a Comment

 
Top