0
स्याङजा जिल्लालाई अफनो कार्यक्षेत्र वनाएर कृषि तथा पर्यटनको क्षेत्रमा क्रियाशिल श्री राम्चे देवी कृषि तथा पर्यटन विकास समितिले यही वैशाख २१ गते स्याङजा जिल्लाको आरुखर्क गा.वि.स.वडा नं. १ गलेमको हाँडिफोरे डाँडाको चौरमा परमात्मा शिवको साकार अमरनाथ ज्योर्तिलिङ्ग तथा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको आठौ प्रतिमूर्ति ज्योर्तिबुद्ध शान्तिस्तुपाको शिलान्यास कार्यक्रमको आयोजना गरेको जनाएको छ । शिलान्यास कार्यक्रम पिठाधिश ब्रम्हनिष्ठ सन्त शिरोमणि श्री लोकानन्द स्वामी र ख्यातिप्राप्त बौद्ध भिक्षु कालसाङ्ग लामा वाट गरिने जानकारी आइतबार आयोजित आरुखर्क निवासीहरुको पोखरामा आयोजित भेलामा गराईएको थियो । सो भेलामा स्याङ्जा तथा स्याङजावाट पोखरामा आएर विभिन्न पेषा तथा व्यवसाय गर्नेहरुको वाक्लो उपस्थिती रहेको थियो ।
भेलामा सहभागिहरुले उक्त कार्यक्रमलाई सम्पन्न गर्नको लागि अवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो संस्थाका अध्यक्ष मे. डिलवहादुर गुरुङ्गको अध्यक्षता तथा सचिव ख्यमनारायण पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा आरुखर्क पोखरा सम्पर्क समाजका अध्यक्ष टिकारम पौडेल माछापुच्छ«े विकास संघ कास्कीका अध्यक्ष अर्जुन कुमार पौडेल, भगदत्त पौडेल लगायतले उक्त स्थान पर्यटन विकासको लागि धरै सम्भावना वोकेको स्थान भएकोले त्यस स्थानको विकासमा लाग्न सम्पूण जनसमुदायलाई अपिल गर्ने भएका छन् ।

Post a Comment

 
Top